खेलकुद

महिला टी-२० स्मास क्रिकेटः नेपाललाई दोस्रो सफलता, मलेसिया ६ विकेट पराजित

काठमाडौं । थाइल्याण्ड जारी महिला टी-२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदैं लगातार दोस्रो जित दर्ता गराएको हो ।

मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रोमा थापाले २० र सीता राना मगरले १६ रन बनाउँदा ममता चौधरी ९ रनमा अविजित रहिन् ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । सरिता मगरले ४ विकेट लिएकी थिइन् ।

नेपालले शनिवार भएको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

Comment here

CLOSE THIS

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS