पोखरा

प्रदेश नं ४ मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्षी नयाँ शक्ति पार्टीले शुक्रबारको प्रदेशसभा अवरुद्ध गरेका छन् । "/>

प्रदेश नं ४ः प्रतिपक्षद्वारा प्रदेशसभा अवरुद्ध

प्रदेश नं ४ः प्रतिपक्षद्वारा प्रदेशसभा अवरुद्ध


पोखरा

प्रदेश नं ४ मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्षी नयाँ शक्ति पार्टीले शुक्रबारको प्रदेशसभा अवरुद्ध गरेका छन् । बैठकको शुरुआतमा नै प्रतिपक्षी दलका सदस्य आआफ्ना स्थानबाट उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बोल्न समय दिएपछि नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य कुमार खड्काले रातो किताबमा सरकारको वार्षिक कार्यक्रम हेर्दा बजेटले प्रदेशलाई उन्नति भन्दा पनि आर्थिक अनियमितताको बाटोमा लैजाने देखिएको बताए ।

सानो समयको सानो रकमको बजेटका लागि द्रुतमार्गबाट जानुपर्छ भन्ने सत्तापक्षको आग्रहलाई मान्दै नियम निलम्बन गर्न सहयोग गर्दै बजेट ल्याइए पनि सरकारले ल्याएको बजेटमा रातो किताबमा केही गम्भीर त्रुटि देखिएको उनले बताए ।

संसद् अवरुद्ध गरेपछि पत्रकारसँगको भेटमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले ‘सरकारले आर्थिक अनियमिततालाई प्रश्रय दिने किसिमले रातो किताबमा विभिन्न शीर्षकमा मनोमानी तवरले बजेट विनियोजन गरेकाले’ प्रदेशसभा अवरुद्ध गर्नुपरेको बताए । नयाँ शक्तिका हरिशरण आचार्यले प्रदेशसभाको शुरुआत देखि नै सत्तापक्ष गैरजिम्मेवार भइरहने र प्रतिपक्ष जिम्मेवार हुनुपर्ने अवस्थाबाट गुज्रिरहेको बताए ।
रासस

Skip This
Logo