पहाडी क्षेत्रमा भूस्खलनको कारण कतिपय गाउँहरु बगेका वा तल धस्सिएका पाइन्छ । भूस्खलनको कारण कतिपय गाउँहरु रातारात खण्डहर पनि बन्ने गरेको छ । "/>

कस्तो अनौठो गाउँ, जसको रहस्यबारे बैज्ञानिकहरु समेत चकित छन्

कस्तो अनौठो गाउँ, जसको रहस्यबारे बैज्ञानिकहरु समेत चकित छन्


पहाडी क्षेत्रमा भूस्खलनको कारण कतिपय गाउँहरु बगेका वा तल धस्सिएका पाइन्छ । भूस्खलनको कारण कतिपय गाउँहरु रातारात खण्डहर पनि बन्ने गरेको छ । तर, यहाँको परिस्थिती फरक छ । बेलायतको गाउँको कुरा हो ।

गाउँको नाम विलल्यान्ड हो । यो गाउँ धस्सिएको छैन । भत्किएको पनि छैन । किनभने यहाँ भूस्खलन हुने कुनै गुञ्जायस छैन । तर यहाँको गाउँ आफ्नो सतहभन्दा माथि उठ्दैछ । यो क्रम बर्षौंदेखि निरन्तर जारी छ ।

विल्यान्ड हरेक बर्ष आफ्नो सतहभन्दा करिब २ सेमी माथि उठिरहेको छ । यो अनौठो घटनाले भू बैज्ञानिकलाई समेत सोच्न बाध्य बनाएको छ । यस परिघटनालाई सबैभन्दा पहिला जिओमेटिक भेन्चर्स लिमिटेडका खोजकर्ताले पत्ता लगाएका थिए । यो कम्पनीले स्याटलाइटको माध्यामबाट पृथ्वीको मानचित्र तयार गर्छ ।

त्यही क्रममा उनीहरुले चित्रको विश्लेषण गर्दा थाहा पाए कि २ किलोमिटरमा फैलिएको यो दीर्घव्रताकार क्षेत्रको उचाई बर्षेनी २ सेमी बढिरहेको छ । सामान्यत यस्तो घटना माइनिङ क्षेत्रमा पाइन्छ । तर, विलल्यान्ड आसपास त्यस्तो संभावना छैन ।

बैज्ञानिकहरुका अनुमानमा उक्त भुगोलमुनी कुनै ठूलो खाडल वा पर्यावरणीय परिवर्तनको कारण यस्तो भएको हुनसक्छ । यो जमिनको सतहबाट रेल मार्ग र एम–५ मोटरमार्ग छ । 

Logo