कालिकोट
कालिकोटको पलाता गाउँपालिका–२ मिजुवाडा र बन्जडामा गाउँमा खानेपानीको अभाव धेरै पुरानो हो । पञ्चायतकाल देखि नै स्थानीयले यो समस्या भोग्दै आएका छन् । "/>

जहाँ खानेपानी पनि पैंचो तिर्नु पर्छ !

जहाँ खानेपानी पनि पैंचो तिर्नु पर्छ !


कालिकोट
कालिकोटको पलाता गाउँपालिका–२ मिजुवाडा र बन्जडामा गाउँमा खानेपानीको अभाव धेरै पुरानो हो । पञ्चायतकाल देखि नै स्थानीयले यो समस्या भोग्दै आएका छन् । हरेक निर्वाचनमा भोट माग्न आउनेले खानेपानीको समस्या समाधान गरिदिने बचन नदिएका पनि होइनन् । तर पञ्चायतपछि मुलुक बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र गणतान्त्रिक व्यवस्थातर्फ श्रृङ्खलाबद्ध रूपमा प्रवेश गरे पनि स्थानीयको खानेपानी समस्या कहिल्यै समाधान भएन ।

मिजुवाडा र बन्जडा गाउँका करिब ४ सय घरधुरीमा खानेपानीको चरम अभाव छ । सँधै खडेरी हुने पलाता गाउँपालिकाका स्थानीय सरकारले कहिल्यै आफूहरूको समस्या समाधान नगरेको भन्दै स्तब्ध छन् । अन्यत्र बसाइ सर्ने अवस्था पनि नभएका स्थानीयको पानी अभाव सम्बन्धी अनुभवले मुलुकका अन्य दुःखलाई समेत बिर्साइदिन्छ । गाउँमा एक गाग्रो पानी लिनको लागि २ घण्टा हिँड्नु पर्ने र लामो समय सम्म पालो कुर्नु पर्ने बाध्यता र पानीको चरम अभाव देखिएको बमबहादुर बमले बताए । “गाउँमा खानेपानीको चरम अभाव छ, एक ग्रागी पानी भर्नका लागी २ घण्टा हिड्नु पर्ने र लामो समय पालो कुनु पर्ने बाध्यता छ,” उनी भन्छन् ।

खानेपानीको समस्या भएका कारणले यहाँका स्थानीयवासीले घरमा कोही पाहुना आउँदा पनि आफ्नो घरमा खानेपानी नभएको बेला पैंचो लैजानु पर्ने बाध्यता छ । घरमा कोही पाहुना आएमा आफ्नो घरमा पानी नभएको बेला पैंचो माग्नु पर्ने बाध्यता रहेको स्थानीय जनपुरा न्यौपानेले बताइन् । “घरमा कोही पाहुना आए आफ्नो घरमा खानेपानी नभएको बेला पैंचो माग्नु पर्छ,” उनले भनिन्, “खानेपानीको विगत देखि नै हामी कहाँ समस्या हुने गरेको छ । यो समस्या सबैले देखेका छन् । तर, कसैले सुनवाई गरेको छैन ।”
कारोबारबाट

Logo