काठमाडौं

वन विभाग मातहतका निकायमा राखिएको काठको कुनै हिसाबकिताब नै नभएको पाइएको छ । "/>

१३ लाख नौ हजार घनफिट काठ गायव

१३ लाख नौ हजार घनफिट काठ गायव


काठमाडौं

वन विभाग मातहतका निकायमा राखिएको काठको कुनै हिसाबकिताब नै नभएको पाइएको छ । राष्ट्रिय वन लगायत विभिन्न वनबाट काटिएको १३ लाख नौ हजार घनफिट काठ कहाँ गयो भन्ने विषयमा मन्त्रालयका कर्मचारी नै अनभिज्ञ छन् ।

अहिलेको बजार भाउ अनुसार प्रति घनमिटर ५५ सय क्युफिटका आधारमा १३ लाख नौ हजार घनफिटको मूल्य सात अर्ब १९ करोड ९५ लाख रुपैयाँ हुन्छ । तर त्यो काठ कति कहाँ छ, कुन हालतमा छ ? कुनै यथार्थ विवरण नभएको वन विभागका एक कर्मचारीले बताए । ‘काठको हिसाब कागजमा देखिन्छ, तर यथार्थ रूपमा काठ कहाँ कस्तो अवस्थामा छ भन्ने विवरण पाउन गाह्रो छ,’ ती कर्मचारीले भने, ‘धेरै समय काठ स्टकमा हुँदा मक्किने, चोरी हुने जस्ता कारण यथार्थ विवरण हुँदैन ।’

काटिएको काठमा ए, बी र सी ग्रेड तोकिने गरे पनि विभागले यस्तो व्यवस्था समेत नगरेको पाइएको छ । कुन प्रकृतिको काठ कुन हालतमा छ भन्ने विभागलाई जानकारी छैन । वन विभागले काठ काटेपछि जिल्ला वन कार्यालय र जिल्ला वन पैदावार आपूर्ति समितिमा राख्ने व्यवस्था छ । यसरी काटेको काठ टिम्बर कर्पोरेसन लगायत विभिन्न निकायलाई टेन्डर गरी बिक्री गरिन्छ ।
नयाँ पत्रिकाबाट

Logo