काठमाडौं

एमालेसँग पार्टी एकता गर्दा माओवादी केन्द्रले भने जस्तो ‘सम्मानजनक र न्यायोचित’ एकता नहुने अवस्था आए नेता व्यवस्थापन माओवादीका लागि सबैभन्दा जटिल बन्ने देखिएको छ । "/>

माओवादीमा नेता व्यवस्थापन जटिल : दाहाल चर्को प्रेसरमा

माओवादीमा नेता व्यवस्थापन जटिल : दाहाल चर्को प्रेसरमा


काठमाडौं

एमालेसँग पार्टी एकता गर्दा माओवादी केन्द्रले भने जस्तो ‘सम्मानजनक र न्यायोचित’ एकता नहुने अवस्था आए नेता व्यवस्थापन माओवादीका लागि सबैभन्दा जटिल बन्ने देखिएको छ । दोस्रो तहका नेता व्यवस्थापन माओवादीका लागि सबैभन्दा जटिल बन्ने देखिएकाले नै अध्यक्ष पुष्पकमल दाहाल ‘चर्को प्रेसर’ मा छन् ।

एकै समयमा केन्द्रीय समितिमा पुगेका र उस्तै–उस्तै प्रकृतिका जिम्मेवारी वहन गरेका नेताहरू माओवादीमा धेरै भएकाले उनीहरूको व्यवस्थापन माओवादी अध्यक्ष दाहाललाई पार्टी एकतामा चुनौति बन्न पुगेको छ । खासगरि एकीकृत पार्टीको दुई अध्यक्ष पछिको स्थायी समितिमा व्यवस्थापन गर्नै पर्ने नेताहरू माओवादीमा धेरै देखिएका छन् । त्यसैले पनि अध्यक्ष दाहाल एकता गर्दा ‘बराबरी’ संगठनात्मक मोडालिटीबाट पछाडि हट्नै नसक्ने दबाबमा छन् ।

पार्टी एकताका लागि अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठित कार्यदलले एकीकृत पार्टीको केन्द्रीय समिति २ सय ९९, पोलिटब्युरो ९९ र स्थायी समिति ३३ जना सम्म बनाउन सक्ने प्रतिवेदन पार्टी एकता संयोजन समितिमा बुझाएको छ ।

एकीकृत पार्टीको संगठनात्मक हिस्सेदारी, दुई अध्यक्षको क्षेत्राधिकार बाँडफाँड र अन्य केही प्राविधिक विषयको विवाद नमिल्दा एकताको मिति भने सरेको सर्‍यै हुन थालेको छ ।शुक्रबार दुई अध्यक्ष वीचको एक्लाएक्लै बार्ता पनि कुनै निश्कर्षमा पुग्न सकेन । कुरा मात्रै हुने र काम नहुने नेताहरुको वैठकबाट कार्यकर्ताहरु भने निराश बन्न थालेका छन् ।
अन्नपूर्णबाट

Logo