झापा

पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । "/>

ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु

ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु


झापा

पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ छ ८०१८ नंको टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेको बताइएको छ । मृतक दम्पती झापाको पृथ्वीनगरबाट को १६ प ४२०८ नं को स्कुटरमा घर फर्कदै गर्दा टिपरलाई उछिन्ने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ । दुर्घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।
रासस

Logo