बनेपा

काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजनाको शनिबार खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । "/>

काभ्रेमा मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने खानेपानी आयोजनाको उद्घाटन

काभ्रेमा मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने खानेपानी आयोजनाको उद्घाटन


बनेपा

काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजनाको शनिबार खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सो कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले राष्ट्रको ध्यान पुग्न नसकेको बाटो र बिजुली नपुग्ने तथा पानीको स्रोतहरुलाई केन्द्रित गरी काम गर्न नसकेको ठाउँमा कठिनाइ व्यहोर्दै आएका बस्तीमा खानेपानी सेवा पु¥याउन गरिएको काम सराहनीय रहेको बताइन् । उनले सरकारको लक्ष्य समृद्ध नेपाल भए पनि खानेपानीको अभावमा रहेका ग्रामीण बस्तीमा खानेपानी पु¥याउनु निकै चुनौतीपूर्ण रहेको समेत बताइन् ।

उनले मोबाइलको प्रयोग गरेर सन्देशको भरमा पानी सञ्चालन हुने र बन्द हुने प्रविधि प्रयोग गरेर गरिएको काम उदाहरणीय भएको बताइन् । सरकारले खोजिराखेको विश्वमा उपयोगमा आइरहेको प्रविधिलाई व्यवहारत प्रयोग गर्ने उपभोक्ता समिति सबैको उदाहरण बनेको उनको भनाइ थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश बनाउने संकल्प लिएकाले अबको सरकारले त्यसलाई पूर्णता दिने बताए । देशले प्रगति गर्नको निम्ति संकल्प गर्नु पर्ने उल्लेख गर्दै बाँस्कोटाले अब संकल्पलाई पूरा गरेर छाड्ने बताए ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र शान्ति जनआदर्श सेवा केन्द्रको सहकार्यबाट निर्माण कार्य सम्पन्न भएको उक्त आयोजनामा नयाँ प्रविधिमा जिएसएम कन्ट्रोल प्यानल जडान भएको छ । एक्वाटेक प्रालिका कार्यकारी निर्देशक बजरङ्ग जैनले मोबाइल एप्सको प्रयोग गरी पानी खोल्न र बन्द गर्न सकिने भएकाले समयको बचत हुने बताए ।उनका अनुसार देशका जुनसुकै कुनामा पुगे पनि मोबाइलमा भएको एप्सको प्रयोगबाट पानी खोल्न र बन्द गर्न सकिने भएकाले राति, बाढी पहिरो र टाढा भनेर बस्नु पर्दैन ।

खानेपानीको निकै अभाव झेल्दै आएका त्यहाँका स्थानीय बासिन्दाका लागि खानेपानी उपभोग गर्न गाउँ देखि तल रहेको खोल्साबाट लिफ्टिङ पद्धतिबाट खानेपानी आयोजना सम्पन्न गरिएको हो । उक्त खानेपानी आयोजना त्यहाँका स्थानीय उपभोक्ताको नगद एवं श्रमदानबाट गरी ८४ घरधुरीका ३२२ जना उपभोक्ताका लागि कूल ४२ लाख ५२ हजार ५८७ लागतमा सम्पन्न भएको हो । रासस

Logo