काठमाडौं

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सबै खाले निर्वाचनहरु सम्पन्न हुँदै देशमा स्थायी सरकारको गठन भएकाले मुलुक अब राजनितीक संक्रमणबाट मुक्त भएको बताएका छन् । "/>

मुलुक अब राजनितिक संक्रमणबाट मुक्त भयो : नेता नेपाल

मुलुक अब राजनितिक संक्रमणबाट मुक्त भयो : नेता नेपाल


काठमाडौं

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सबै खाले निर्वाचनहरु सम्पन्न हुँदै देशमा स्थायी सरकारको गठन भएकाले मुलुक अब राजनितीक संक्रमणबाट मुक्त भएको बताएका छन् ।

नेपाल वंशज परिषदले आयोजना गरेको नयाँ वर्षको शुभकामना तथा परिषदको वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेपालले सबैभन्दा ठूलो कुरा देश अनि मात्र समुदाय भएकाले सबैले देशको हित र विकासका लागि सक्रिय रहनु पर्ने विचार व्यक्त गरे । उनले सबै बंश र समाजको उस्तै महत्व रहेकाले सबैले आआफ्नो इतिहास र बंशको संरक्षण गर्न जरुरी रहेको पनि विचार राखेका थिए ।

कार्यक्रममा नेपाल वंशबाट विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गर्दै नेपालले आगामी दिनमा उनीहरुको थप प्रगतीको कामना पनि गरेका थिए । आध्यात्मक्षेत्रमा योगदान दिएका दिनबन्धु शास्त्री नेपाल र भागवत आर्चाय नेपाललाई उनले दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान गरेका थिए । नेपाल वंशज परिषदले विगत १ दशक देखि प्रत्येक नयाँवर्षमा शुभकामना आदान प्रदान तथा विभिन्न क्षेत्रमा सफल व्यक्तिहरुलाई सम्मान कार्यक्रम गर्दै आएको छ । आजको कार्यक्रममा नेपाल वंशज परिषदसँग आबद्ध नेपालबन्धुहरु तथा साहित्यकार र कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम राजधानीको डिल्लीबजार स्थित विजयस्मारक स्कुलमा भएको थियो ।

 

Skip This
Logo