काठमाडौँ

पार्टी एकताबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो पनि गम्भीर छलफल भएको छ । "/>

पार्टी एकताबारे दुई अध्यक्षबीच गम्भीर वार्ताः उपलब्धि शुन्य !

पार्टी एकताबारे दुई अध्यक्षबीच गम्भीर वार्ताः उपलब्धि शुन्य !


काठमाडौँ

पार्टी एकताबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो पनि गम्भीर छलफल भएको छ । पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पु¥याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उहाँहरु बीच गम्भीर र सकारात्मक रुपमा छलफल जारी रहेकाले दुवै पार्टीका नेता र कार्यकर्ताको अपेक्षा बमोजिम चाँडै निकास आउने संकेत देखिएको बताए । बैठक निश्कर्षमा नपुगेपछि आज पुनः भेटवार्ता हुने उनले जानकारी दिए ।
रासस

Logo