काठमाडौँ

नेताको अनुहार सम्म नदेखेका कल्याणपुर नगरपालिका–११ सिराहाका रूपाकुमारी मण्डल र पवन डोमले विद्यालय पुगेकै दिन प्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाए । "/>

सेलिब्रेटी अभिभावक बन्दै प्रधानमन्त्री देखि वडाध्यक्ष सम्म !

सेलिब्रेटी अभिभावक बन्दै प्रधानमन्त्री देखि वडाध्यक्ष सम्म !


काठमाडौँ

नेताको अनुहार सम्म नदेखेका कल्याणपुर नगरपालिका–११ सिराहाका रूपाकुमारी मण्डल र पवन डोमले विद्यालय पुगेकै दिन प्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिभावकका रूपमा पाएका दुई बालबालिका जस्तै पूर्वप्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाउने दुई भाग्यमानी हुन्, चितवन मेघौलीका अरुण मुसहर र पत्रुस माझी । मेघौली पुगेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराए ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नाराका साथ बुधबारबाट सुरु भएको साताव्यापी भर्ना अभियानको पहिलो दिन प्रधानमन्त्री देखि वडाध्यक्ष सम्मले अभिभावक बन्ने मौका पाएका छन् । सिराहाको लहानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी माविमा दुई जना नयाँ विद्यार्थीको अभिभावकत्व लिएर शैक्षिक सामग्री दिएपछि देशभर भर्ना अभियानको महोल बनेको छ ।

सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउने अभियानका साथ सुरु भएको भर्ना अभियान सुरु हुनु अघि नै प्रधानमन्त्री ओलीले मुगुमा एक दलित विद्यार्थीको अभिभावकत्व लिएपछि नेताहरू स्वतःस्फूर्त भर्ना अभियानमा अभिभावकत्व लिइरहेका छन् । जारी अभियानमा दलका नेता देखि जनप्रतिनिधी सम्म जुटेका छन् । यसैगरी प्रतिनिधिसभाका सांसद विरोध खतिवडाले विश्वास थोक्रा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आर्यन विक, मनहरि गाउँपालिका अध्यक्ष उप्रेतीले खुसी घिमिरे, वडा सदस्यहरू पुस्कर सुवेदी तथा रामप्रसाद ढकालले गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गरेका छन् ।

राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले हेटौंडा उपमहानगरपालिका–१७ मा रहेको लक्ष्मी निमाविमा सामोयल दर्नालको अभिभावक बनेर भर्ना गरिदिए । राईले उनलाई स्टेसनरी सामग्रीसमेत हस्तान्तरण गरे । मकवानपुरकै बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले आफ्ना छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराए । सप्तरीको राजविराज नगरपालिका–९ गढिया मलेठका पाँच दलित बालबालिकाको अभिभावक शिक्षामन्त्री, पूर्वमन्त्री र सभासद्ले एकसाथ लिएका छन् । मलेठस्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालयमा सात वर्षीय रिन्कु मरिक, ६ वर्षीय श्यामसुन्दर सदा, आठ राजकुमार सदा, सात वर्षीया सुर्जीकुमारी सदा र सात वर्षीय कृपानन्द सदालाई विद्यालय भर्ना गराएर क्रमशः शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री उमेश यादव, विश्वनाथ साह, सांसद रुबी कर्ण र जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादवले अभिभावकत्व ग्रहण गरे ।
राजधानीबाट

 

Logo