काठमाडौँ

यातायात व्यवसायीले घोषणा गरेका आन्दोलनमा मजदुरहरु सहभागी नहुने भएका छन् । "/>

बस मालिकको आन्दोलनमा मजदुरहरु सहभागी नहुने : व्यवसायीलाई धक्का

बस मालिकको आन्दोलनमा मजदुरहरु सहभागी नहुने : व्यवसायीलाई धक्का


काठमाडौँ

यातायात व्यवसायीले घोषणा गरेका आन्दोलनमा मजदुरहरु सहभागी नहुने भएका छन् । नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले चालक, सहचालक र परिचालकहरु यातायात व्यवसायीको आन्दोलनमा नजाने बताएका हुन् ।

‘मालिकले आन्दोलन घोषणा गर्ने अनि मजदुर लुरुलुरु जाने दिन गए, व्यवसायीले पहिला जस्तो कल्पना नगरे हुन्छ, अब मजदुर व्यवसायीले जा भन्दैमा जाँदैनन्, हामी मालिका दास होइनौँ,’ उनले भने, ‘अब मजदुर सचेत भर्इसके, आफ्ना माग र एजेण्डाबिनाको आन्दोलनमा मजदुर जाँदैनन् ।’

उनले बन्द हडताल गर्ने कुरा छोडेर सरकारले जारी गरेर निर्देशिका अनुसार करको दायरामा आउन व्यवसायीलाई आग्रह गरेका छन् । राईले मजदुरको माग र एजेण्डा सम्बोधन नगरेको आन्दोलनमा व्यवसायी सहभागी नहुने बताए । ‘मजदुरको माग र एजेण्डामै नभएको आन्दोलनलाई हामीले सघाउने कुरै आउँदैन,’ राईले भने, ‘२०३६ साल देखि यसरी चलेका छौँ, अब पनि यसरी नै चल्छौँ भन्ने कुरा गतल हो, व्यवसायीहरु करको दायरामा छिर्नै पर्छ ।’
अन्नपूर्णबाट

Logo