काठमाडौँमा भन्दा तराई र हिमालमा बढी मूल्यवृद्धि

काठमाडौँमा भन्दा तराई र हिमालमा बढी मूल्यवृद्धि


पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ । 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ । तराई र हिमालमा भने बढी देखिएको छ । क्षेत्रगत आधारमा हेर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ६.३ प्रतिशत, हिमालमा ६.० प्रतिशत, पहाडमा ५.६ प्रतिशत र काठमाडौँ उपत्यकामा ४.५ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा २.८ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौँ उपत्यकामा १.९ प्रतिशत रहेको थियो । 
यस्तै २०७३ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत रहेकामा २०७४ फागुन महिनामा सो मुद्रास्फीति ६.० प्रतिशत कायम भएको छ ।

Logo