काठमाडौं

सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरे लगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । "/>

आइजिपीमा सरकारको निर्णयसँगै रमेश खरेलद्वारा राजीनामाको घोषणा !

आइजिपीमा सरकारको निर्णयसँगै रमेश खरेलद्वारा राजीनामाको घोषणा !


काठमाडौं

सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरे लगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । आज (बुधबार) देखि बिदा हुँदैछु । उनले भनेका छन् ।

सरकारले गरेको निर्णय प्रति असन्तुष्टि राख्दै खरेलले भनेका छन् :- ‘पद्धति बसाएर निर्णय गर्नु पर्छ । भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।’

“म संगठन प्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन । उसलाई ठीक लागेको निर्णय गर्‍यो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु ।” उनले भनेका छन् ।
नयाँ पत्रिकाबाट

Logo