काठमाडौं

प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् । "/>

अब चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने !

अब चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने !


काठमाडौं

प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् ।

प्रधानमन्त्री ओली नयाँदिल्ली पुगेकै दिन शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत आयोजनाको बाँध बनाएमा त्यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समचार छापेको छ । इन्डियन एक्सप्रेसले प्रधानमन्त्री ओलीको तस्बिर सहितको समाचार प्रथम पृष्ठमा छापेको छ । उसले ‘इफ चाइना बुल्ड युअर ड्याम, इन्डिया उड नट बाई इनर्जी’ शीर्षक दिएर एक कोलमको समाचार लेखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी ओलीसँगको भेटमा ‘आयोजना निर्माणका लागि चीनलाई बाँध बनाउन दिन सक्ने तर त्यस्तो आयोजनाबाट उत्पादन हुने बिजुली भारतले किन्न नसक्ने’ बताउने अपेक्षा गरिएको समाचारमा उल्लेख छ । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा दिल्ली र बेइजिङको तानातानको विषय पनि समाचारमा उल्लेख छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उक्त आयोजना चीनको गेजुवालाई दिने निर्णय भएको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो निर्णय रद्द गरिएको अखबारले उल्लेख गरेको छ ।
नागरिकबाट

Logo