नेपालगन्ज

न्याय सम्पादनका लागि नेपालगन्ज उपमहानगरपालिकाले इजलास निर्माण गरेको छ । "/>

नेपालगन्ज उपमहानगरमा अदालतको जस्तै इजलास निर्माण

नेपालगन्ज उपमहानगरमा अदालतको जस्तै इजलास निर्माण


नेपालगन्ज

न्याय सम्पादनका लागि नेपालगन्ज उपमहानगरपालिकाले इजलास निर्माण गरेको छ । अदालतको इजलाससँग मेल खाने इजलास निर्माण गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए । उनले इजलास निर्माण भएपछि न्याय सम्पादनमा सहजता हुने विश्वास व्यक्त गरे ।

न्यायाधीश, सरकारी वकिल, अन्य वकिलले बहस गर्ने थलोका साथै बहस सुन्ने तथा आरोपितहरु उभिने ठाउँको उचित व्यवस्था मिलाइएको उनले बताए । ‘अदालतको इजलास र उपमहानगरपालिकाले बनाएको इजलासमा कुनै फरक छैन,’ उनले भने ।

यसै वीच स्थानीय तहका न्यायिक समितिमा सम्बन्ध विच्छेद, अंश, साँधसँधियार, अनुमति बिना घर, पर्खाल निर्माण, गाली बेइजती, कुटपिट जस्ता मुद्धा दर्ज हुने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा असार यता २७ वटा सम्बन्ध विच्छेद र ५८ वटा अन्य मुद्धा दर्ता भएका छन् । सम्बन्ध विच्छेदका दुई मुद्धा मेलमिलाप पद्धतीबाट समाधान गरिएको कानुन शाखा प्रमुख माया शर्माले बताइन् ।
नयाँ पत्रिकाबाट

Logo