पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय


 दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । 

उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डलर बराबरको जरीवानाको सजाय सुनाइएको छ । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनलाई २४ वर्षको लामो जेल सजाय दिइएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहेका थिए । 

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उनी अनुसन्धानका लागि थुनामै रहदै आएको थियो । 
उनलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको थियो । यद्यपी उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलहरूले गरेका थिए । 

पार्क ६६ वर्षकी छन् । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति थियो । उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो । भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । 

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ । एजेन्सी

Skip This
Logo