प्रधानमन्त्री ओलीले भारतमा को को भेट्दैछन् ? (भिडियो रिपोर्टसहित)

प्रधानमन्त्री ओलीले भारतमा को को भेट्दैछन् ? (भिडियो रिपोर्टसहित)


तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज त्यसतर्फ प्रस्थान गरेका छन् । ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री आज बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा संघीय संसदका सदस्य, मन्त्री, सल्लाहकारहरु, ब्यबसायीदेखि कलाकारहरु समेत समाबेश छन् ।

२३ गते

प्रधानमन्त्री ओलीले आज साढे १२ बजे होटल ताज प्यालेसमा भारतीय व्यवसायीसँग ‘विजनेस मिटिङ’ गर्नेछन् । आजै नेपाली दूतावासमा प्रधानमन्त्रीले नेपाली समूदायसँग छलफल गर्ने छन् । साँझ साढे सातबजे नेपाली दूतावासले इम्पेरियल होटलमामा आयोजित रात्रीभोजमा सरिक हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

२४ गते

शनिबार प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण भेटघाटहरु गर्ने छन् । बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् भने साढे १० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता हुनेछ । अनि गार्ड अफ अनर ग्रहण गरेपछि १० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

साढे ११ बजे भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै, प्रधानमन्त्री ओली उनको सम्मानमा मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने छन्। दुई पक्षीय सहमतिमा भएका हस्ताक्षरलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ। साँझतिर भारतीय उपराष्ट्रपति, गृहमन्त्री, अर्थमन्त्रीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।दुवै देशका प्रधानमन्त्रीले वीरगंजमा बनेको एकीकृत चेक पोष्टको संयुक्त रुपमा दिल्लीबाट स्वीच थिचेर उद्घाटन गर्ने छन्। साँझ प्रधानमन्त्रीले इण्डिया फाउन्डेशनले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा सहभागिता जनाउने छन्।

२५ गते

प्रधानमन्त्री ओली आइतबार उत्तराखण्ड जानेछन् । त्यहाँको युनिभर्सिटी अफ् एग्रिकल्चर एण्ड टेक्नोलोजीले दिने मानार्थ महाविद्यावारिधी ग्रहण गर्नेछन् । सोही दिन राति ८ बजे स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

 

Skip This
Logo