काठमाडौँ

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादी बीच सम्मानजनक रुपमा एकता हुने बताएका छन् । "/>

एकता रोक्ने ठूलो चलखेल भइरहेको छ : दाहाल

एकता रोक्ने ठूलो चलखेल भइरहेको छ : दाहाल


काठमाडौँ

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादी बीच सम्मानजनक रुपमा एकता हुने बताएका छन् । बुधबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै दाहालले दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउने तयारी भइरहेको बताए । दाहालले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको समान बुझाइ रहेको बताए । उनले भने, ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं ।’

‘भित्र र बाहिर दुवै तिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन् । तर त्यसले एकता रोक्न सक्दैन’, अध्यक्ष दाहालले भने, ‘तपाई सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।’ केन्द्रमा अध्यक्षीय मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराए । संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।
नागरिकबाट

Logo