काठमाडौं

बानेश्‍वरस्थित स्पोट लाइन ओभरसिजमा प्रहरीले छापा मारेको छ । बाराका श्रीनारायण चौधरीले सेक्युरिटीमा विदेश पठाइदिने भन्‍दै नपठाएको उजुरी दिएपछि महानगरीय प्रहरी अपराध महाशाखा टेकू्ले छापा मारेको हो । "/>

बानेश्वरको म्यानपावर कम्पनीमा छापा, संचालक पक्राउ

बानेश्वरको म्यानपावर कम्पनीमा छापा, संचालक पक्राउ


काठमाडौं

बानेश्‍वरस्थित स्पोट लाइन ओभरसिजमा प्रहरीले छापा मारेको छ । बाराका श्रीनारायण चौधरीले सेक्युरिटीमा विदेश पठाइदिने भन्‍दै नपठाएको उजुरी दिएपछि महानगरीय प्रहरी अपराध महाशाखा टेकू्ले छापा मारेको हो ।

प्रहरीले स्पोट लाइन ओभरसिजका सञ्‍चालक जेपी सापकोटालाई पक्राउ गरेको छ । त्यस्तै म्‍यानपावरबाट ६ थान पासपोर्ट बरामद भएको छ भने वैदेशिक रोगजार विभागको स्वीकृति बिनै कारोबार गरेको कागजात फेला पारेको छ । सापकोटाले चौधरीलाई सेक्युरिटी गार्डमा माल्दिभ्स पठाइदिने भन्दै ३ लाख ५० हजार लिएको र पटक पटक तागेता गर्दा नपठाएको प्रहरी निरीक्षक सत्‍य थापाले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

Logo