काठमाडौँ

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी कर्मचारीका साथै केही कलाकारहरु पनि रहने भएकाछन् । "/>

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल पनि

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल पनि


काठमाडौँ

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी कर्मचारीका साथै केही कलाकारहरु पनि रहने भएकाछन् । कलाकारहरु मध्ये मै अभिनेता राजेश हमाल पनि भ्रमणटोलमा रहने छन् । भारतमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्यनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको हुन सक्ने बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रम ओलीले भेट गर्ने भारतीय कलाकारहरुको अन्तिम टुंगो भने लाग्न बाँकी नै छ ।

Logo