काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्तालाई जिल्ला अदालत सुनसरीको प्रवेशद्वारबाट नेपाल प्रहरीले नियन्त्रणमा लिई अवस्था सार्वजनिक नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । "/>

सुरक्षाकर्मीबाट विप्लवका ५ कार्यकर्तालार्इ बेपत्ता पारिएको आशंका

सुरक्षाकर्मीबाट विप्लवका ५ कार्यकर्तालार्इ बेपत्ता पारिएको आशंका


काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्तालाई जिल्ला अदालत सुनसरीको प्रवेशद्वारबाट नेपाल प्रहरीले नियन्त्रणमा लिई अवस्था सार्वजनिक नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । अदालतको ढोकाबाटै नियन्त्रणमा लिएको भनिएका सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई सार्वजनिक गर्न आयोगले आग्रह गरेको छ । उसले मानव अधिकारको सम्मान र संरक्षण गर्न समेत सुरक्षा निकायको ध्यानाकर्षण गरेको छ ।

आयोगले ती व्यक्ति ०७४ चैत १८ गते बन्दी प्रत्यक्षीकरणको आदेशले सुनसरी जिल्ला अदालतबाट रिहा भए लगत्तै साँझ ६ः२० बजे नेपाल प्रहरीले नियन्त्रणमा लिएको बुझिन आएको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियासँग बुझ्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको भनी जानकारी गराइएको तर झापा जिल्ला प्रहरी प्रमुख विष्णुकुमार केसीले भने उनीहरूलाई पक्राउ नगरेको भन्दै आयोग टोलीलाई जानकारी दिएका कारण उनीहरूको अवस्था बेपत्ता रहेको बुझिएको आयोगले जारी गरेको प्रेस विज्ञिप्तिमा उल्लेख छ । यस विषयमा लिखित जानकारी माग गरी आयोगको विराटनगर कार्यालयले सोमबारै सम्बन्धित सुरक्षा निकायसँग पत्राचार समेत गरेको आयोगले जनाएको छ ।

आयोग अध्यक्ष अनुपराज शर्माले सुनसरी प्रहरीले बन्दीको जिम्मा झापा प्रहरीलाई दिएको तर झापामा बुझ्दा नियन्त्रणमा नरहेको बताएको जानकारी दिए । आयोग अध्यक्ष शर्माले भने, ‘उसो भए उनीहरू कहाँ छन् त ? यो गम्भीर विषय हो ।’
अन्नपूर्णबाट

Logo