युएई

संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशमा नयाँ रोजगारीका लागि आउने युवालाई चारित्रिक प्रमाणपत्र चाहिने नियमलाई स्थगित गरेको छ । "/>

रोजगारीका लागि युएई जानेलाई चारित्रिक प्रमाणपत्र नचाहिने

रोजगारीका लागि युएई जानेलाई चारित्रिक प्रमाणपत्र नचाहिने


युएई

संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशमा नयाँ रोजगारीका लागि आउने युवालाई चारित्रिक प्रमाणपत्र चाहिने नियमलाई स्थगित गरेको छ । गत फेब्रुअरी ४ देखि विदेशी कामदारका लागि लागू गरिएको नियम हाललाई स्थगित गरिएको जानकारी युएईको मानवीय संशाधन मन्त्रालयले आइतवार जानकारी दिएको छ ।

गल्फ न्युजका अनुसार युएईको यो घोषणासँगै रोजगारीका लागि त्यहाँ पुग्ने नेपाली युवाहरु माथिको ४५ सय आर्थिक भारबाट राहत मिलेको छ । युएई सरकारले फेब्रुअरी ४ देखि लागू हुने गरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने नियम लागु गरेको थियो । खलिजा टाइम्सका अनुसार रोजगारीका लागि जाने नेपाल सहित अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नु पर्ने नियम बनाएको थियो । नेपालीहरुको बाक्लो उपस्थिति रहेको युएईमा अब त्यहाँ जान चाहने नेपालीरूले चारित्रिक प्रमाणपत्र अनिवार्य बनाउनु पर्ने र त्यस्तो प्रमाणपत्र प्रहरी प्रधान कार्यालय नक्सालबाट बनाउन सक्ने छन् ।
अन्नपूर्णबाट

Logo