धनगढी

गत फागुन २४ गते बोक्सीको आरोपमा कुटपिट गरिएकी कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी शुक्रबार आफ्नो घर फर्किएकी छिन् । "/>

बोक्सी आरोपित राधालाई अविरजात्राका साथ गाउँ फर्काइयो

बोक्सी आरोपित राधालाई अविरजात्राका साथ गाउँ फर्काइयो


धनगढी

गत फागुन २४ गते बोक्सीको आरोपमा कुटपिट गरिएकी कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी शुक्रबार आफ्नो घर फर्किएकी छिन् । उनलाई उनकै गाउँका भोलेबाबा भनिने राम बहादुर चौधरी, पार्वती भनिने स्मारिका चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका थिए । २३ दिनको धनगढी बसाईपछि राधालाई केही संस्थाको पहलमा गाउँ फर्काइएको हो । देउकलिया गाउँका भलमन्सा राजाराम चौधरी सहितका गाउँका गन्यमान्य व्यक्तिले राधालाई गाउँ फर्काउन सहयोग गरेका छन् । उनलाई शनिबार कार्यक्रम गरी गाउँमै अविरजात्रा सहित अभिनन्दन गरिएको छ ।

थारु समुदायमा भलमन्सा अथवा थारु समुदायका मुखीलाले भनेको मान्नै पर्ने र नमान्नेलाई सामाजिक बहिस्कार गर्ने चलन छ । गाउँका भलमन्साले नै राधालाई अभिनन्दन गराएपछि उनी माथि कुटपिट भएको बेलाका तमासा हेर्नेहरु पनि सहभागी थिए । स्थानीय राष्ट्रिय माविको परिषरमा शनिबार राधा चौधरीको अभिनन्दन गरिएको हो । भलमन्सा राजाराम चौधरीको अध्यक्षता र राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर चौधरीको प्रमुख आथित्यमा राधालाई अभिनन्दन गरिएको भलमन्सा राजाराम चौधरीले बताए ।

‘स्थानीयले अब सामूहिक रुपमै रुढीवादी परम्परा विरुद्ध लड्ने प्रण गरेका छन्, । राधालाई कुटपिट भएको दिन तमासा हेर्नेहरु पनि कार्यक्रममा उपस्थित थिए, उनीहरुले पनि गाउँमा अब त्यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्’, भलमन्सा राजाराम चौधरीले भने ।

राधाको घटनापछि पक्राउ परेका पाँच जनाका कारण गाउँमा केही मनमुटाव भएको छ । ‘हाम्रो उद्देश्य गाउँको त्यो मनमुटाव कम गरेर मेलमिलापको वातावरण सिर्जना गर्ने पनि हो’, राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर चौधरीले भने, ‘सबैको हातेमालोले मात्रै समाज परिवर्तन हुने भएकाले सबै एकजुट हुनुपर्छ।’
अन्नपूर्णबाट

Skip This
Logo