भक्तपुर

काभ्रेको बनेपा देखि काठमाडौं सम्म चल्ने मयुर यातायातलाई दिइएको इजाजत खारेज नगरे चैत १८ गते देखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिइएको छ । "/>

मयुर यातायात खारेज नगरिए कोटेश्वर पूर्वका रुटमा आन्दोलन गर्ने चेतावनी

मयुर यातायात खारेज नगरिए कोटेश्वर पूर्वका रुटमा आन्दोलन गर्ने चेतावनी


भक्तपुर

काभ्रेको बनेपा देखि काठमाडौं सम्म चल्ने मयुर यातायातलाई दिइएको इजाजत खारेज नगरे चैत १८ गते देखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिइएको छ । कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानावासूले प्रेस विज्ञप्ति जारी गर्दै मयुर यातायातको इजाजत खारेज नगरे चैत १८ गते काभ्रे बस, काभ्रे मिनिबस, भक्तपुर मिनिबसले ग्रामीण भेगमा सञ्चालन गरेका यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको हो ।

चैत १८ गते भित्र पनि मयुर यातायातको इजाजत खारेज नभए चैत १९ गते कोटेश्वरपूर्वको यातायात समिति अन्तर्गतका १३ वटा बस व्यवसायी आवद्ध सम्पूर्ण गाडी बिहान ९ बजे देखि १० बजे सम्म बाटोमै रोक्ने उनले बताए । २० गते भित्र पनि मयुर यातायातको इजाजत खारेज नभए चैत २१ कोटेश्वर पूर्व यातायात पूर्ण रुपमा बन्द गर्ने आन्दोलनको कार्यक्रम अघि सारेका छौं’, प्रेस विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा मागको शीघ्र समाधान हुने आशा लिँदै माग पूरा नभए थप चरणबद्ध सशक्त आन्दोलन गर्ने बारे सरकारलाई ध्यानाकर्षण गराइएको छ । अध्यक्ष त्वानावासूका अनुसार मयुर यातायातका गाडी सञ्चालनमा आएपछि कोटेश्वर पूर्वको यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ । उनले निजी यातायात कम्पनीलाई सेवा नपुगेका ग्रामीण क्षेत्रमा स्थानान्तरण गर्नु पर्नेमा जोड दिए । कोटेश्वर पूर्व सञ्चालित १३ वटा यातायात सेवा समितिको काममा बाधा व्यवधान गरिएकोले आफूहरु आन्दोलनमा उत्रनुको विकल्प नभएको समन्वय समितिका अध्यक्ष त्वानावासूले बताए ।
अन्नपूर्णबाट

Logo