‘ह्याप्पी बर्थडे’ अनमोल, आजैदेखि २४ बर्ष

‘ह्याप्पी बर्थडे’ अनमोल, आजैदेखि २४ बर्ष


धेरै फ्यानहरुले कण्ठ गरेको हुनपर्छ, अभिनेता अनमोल केसीको ‘बर्थ डे’ । उनीहरुलाई भनिरहनु पर्दैन, अनमोल आजदेखि २४ बर्ष भए । हो, अहिलेका सवैभन्दा चर्चित अभिनेता अनमोल केसीको जन्म १९९४ मार्च ३० मा भएको हो ।

आजका दिनमा नेपाली फिल्म उद्योगमा सर्वाधिक ‘फेसभ्याल्यू’’ भएको कलाकारको नाम लिनुपर्दा सवैले अनमोल केसीलाई नै अगाडि राख्छन् । उनलाई फिल्म खेलाएका मात्र होइन, खेलाउन नपाएका जो कोही निर्माता÷निर्देशक उनको लोभलाग्दो ‘स्टारडम’लाई नकार्दैनन् ।

कृष्णभक्त अनमोल भेजिटेरीयन हुन् । सानै देखि फिल्मी परिवेशमा हुर्केका अनमोललाई संगीतमा निकै नै लगाव थियो र त्यही कारण उनले एम टि जे रो सेभेन भन्ने म्यूजिकल ब्यान्ड पनि स्थापना गरे ।

लगातार चार सुपरहिट फिल्म दिइसकेका अनमोलको फिल्म यात्रा होस्टेलबाट सूरु भएको हो । जेरी, ड्रिम्स, गाजलु देखि कृसम्म उनको यात्रा सुखद रहँदै आएको छ । यी फिल्मले अनमोललाई खासगरी शहरिया युवापुस्ताको ढुकढुकी बनाएको छ । अब उनी दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र ‘क्यापटेन’को तयारी गर्दैछन् ।

सबैलाई थाहा भएकै कुरा हो, अनमोल सदाबहार हिरो मानिने भुवन केसीका पुत्र हुन् । अर्थात उनी भुवनको ‘लिगेसी’ लाई पछ्याइरहेका छन् । उनले खासै त्यस्तो ‘स्ट्रगल’ भने गर्नु परेको छैन । अनमोलको स्टारडमले बलिउडमा जस्तै हामी कहाँ पनि ‘स्टार किड’ लाई दर्शकले रुचाउँछन् भन्ने प्रमाणित भएको छ ।

अनमोलको अत्याधिक क्रेज छ । बिशेषत युवतीहरुको ढुकढकी बनेका छन् अनमोल । नेपाली सिनेमामा चासो नदिनेहरुले पनि अनमोललाई भने चिनेका हुन्छन् । उनलाई सामाजिक संजालमा ६ लाख ११ हजारभन्दा बढीले फलो गर्छन् । अझ हेर्ने हो भने उनको घर अगाडि युवतीहरु पानीपुरी खाने बहानामा पुग्छन् ।

हुन त उनले चाहे भने महिनै पिच्छे नयाँ फिल्म खेल्न सक्छन्, तर उनको ध्यानयतातिर छैन । सकेसम्म कम तर स्तरीय फिल्म खेल्ने प्रयास गरिरहेका छन् । सायद यही कारण उनलाई ५० लाख पारिश्रमिक दिन्छु भनेर संदेश पठाउनेहरुलाई समेत उनी भेट्न तयार हुँदैनन् । विज्ञापन पनि निकै ‘चुज’ गरेर मात्र खेल्छन् । अनमोल ‘होमवर्क’ गर्न खासै अल्छि गर्दैनन् । ‘कृ’कालागि त अनमोलले आफ्नो ‘लुक्स’ नै परिवर्तन गरे ।

अनमोलको सवैभन्दा महान पक्ष भनेको उनलाई सानोतिनो घोचपेचले दुखाउ“दैन । मिडियाले कहि“कतै ‘नेगेटिभ’ पक्ष उतार्यो भने पनि उनी रुदै हिड्दैनन् । 

अनि प्रसंसामा समेत उनी फुर्किदैनन् । उनीवाट आम कलाकारले सिक्नुपर्ने पक्ष यो पनि हो । अनमोल ज्ञानी छन्, भलादमी छन् सबैलाई आदर गर्छन् । र सबैले उनलाई उत्तिकै माया समेत गर्छन् । ठोकुवाकासाथ भन्न सकिन्छ, उनी लामो रेशका घोडा हुन् ।

यी ‘क्यूट लुक्स’का धनी तथा मेहनती कलाकारलाई केन्द्रबिन्दुको तर्फबाट जन्मदिनको मंगलमय शुभकामना । उनले चालेका हरेक पाइलाले सफलता चुमुन् ।
ह्याप्पी बर्थडे अनमोल ।

Logo