काठमाडौं । के तपाई घरमा लामखुट्टेको आतंकबाट हैरान हुनुभएको छ ? हो भने अब चिन्ता लिनुपर्दैन् । मच्छर धुप, मस्किटो किल जस्ता किट्नाशक औषधीको प्रयोगलाई पर राख्नुहोस् । "/>

के घरमा लामखुट्टेले सतायो ? त्यसो भए राख्नुहोस् एक टुक्रा कपूर

के घरमा लामखुट्टेले सतायो ? त्यसो भए राख्नुहोस् एक टुक्रा कपूर


काठमाडौं । के तपाई घरमा लामखुट्टेको आतंकबाट हैरान हुनुभएको छ ? हो भने अब चिन्ता लिनुपर्दैन् । मच्छर धुप, मस्किटो किल जस्ता किट्नाशक औषधीको प्रयोगलाई पर राख्नुहोस् । कुनै नयाँ उपायले पनि लामखुट्टे भगाउन सकिन्छ । यस्ता उपाय तपाई हाम्रो घरमा नै उपलब्ध हुन्छ । केबल तपाईले यी पाँच टिप्स अपनाउनुपर्ने हुन्छ ।

१. नीमः


जसरी स्वास्थ्यका लागि नीमको अपार फाईदा छन् । त्यसैगरी लामखुट्टे भगाउन पनि नीमले मदत गर्दछ । यसको लागि नीम तथा नारिवलको तेल बराबर मात्रामा मिश्रण बनाएर शरीरभर लगाउनुहोस् । यसको असर आठ घण्टासम्म रहन्छ । नीम तथा नारिवलको तेल शरीरमा लगाएपछि ८ घण्टासम्म लामखुट्टेको टोकाईबाट बच्न सक्नुहुन्छ ।

२. कपूरः


कोठामा कपूर बालेर १५-२० मिनेट छोडिदिनुहोस् । लामखुट्टेको नामोनिशान रहदैन् । कपूर र लामखुट्टेको जम्दैन् । कपूर बालेर छोडिदियो भने लामखुट्टे भागिहाल्छ ।

३. कागती र नीलगिरीको तेलः


बराबर मात्रामा कागती तथा नीलगिरीको तेल मिश्रण गरेर शरीरभर लगाउनुहोस् । यो तेल लगाएपछि पनि लामखुट्टेहरु तपाईबाट टाढा भाग्छन् ।

४. तुलसीः


तुलसीको विरुवालाई कोठा वा ढोका नजिकै राख्दा लामखुट्टे भाग्छन् । जसरी हामी घरको मुल ढोकामा नजर नलागोस् भनेर कागती र हरियो खुर्सानी झुण्ड्याएर राख्छौं । त्यसैगरी तुलसीको विरुवा ढोका वा कोठामा राख्दा लामखुट्टेको नजर लाग्दैन् । अर्थात कोठमा आउँदैन् । तुलसीको साथ साथै कागतीको विरुवाको पनि प्रयोग गर्न सकिन्छ ।

५. लसुनः


लसुनको बास्नाले पनि लामखुट्टे नजिक आउन डराउँछ । यसको लागि लसुनलाई पिसेर पानीमा उमाल्ने अनि कोठामा छर्कने । यस्तो गर्दा कोठामा एक पनि मच्छर देखिदैन् ।

 

Logo