प्रमुख तीन विद्यार्थी संगठनहरुले देशभरका कलेजअगाडि विरोध प्रदर्शन गरेका छन्। शिक्षा ऐन नवौं संशोधनको विरोधमा बिहीबार अनेरास्ववियु, नेवीसंघ र अनेरास्ववियुृ(क्रान्तीकारी)को संयुक्त बैठकको निर्णयअनुसार पहिलो चरणमा देशभरका क्याम्पसअगाडि विरोध प्रदर्शन तथा एक घण्टा चक्काजाम गरिएको हो। "/>

प्रमुख तीन विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

प्रमुख तीन विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा


प्रमुख तीन विद्यार्थी संगठनहरुले देशभरका कलेजअगाडि विरोध प्रदर्शन गरेका छन्। शिक्षा ऐन नवौं संशोधनको विरोधमा बिहीबार अनेरास्ववियु, नेवीसंघ र अनेरास्ववियुृ(क्रान्तीकारी)को संयुक्त बैठकको निर्णयअनुसार पहिलो चरणमा देशभरका क्याम्पसअगाडि विरोध प्रदर्शन तथा एक घण्टा चक्काजाम गरिएको हो।

सो क्रममा विद्यार्थीहरुले शिक्षा ऐन नवौं संशोधनको खारेजीको माग गरेका थिए।आन्दोलनका क्रममा आज बिहान ११ बजे माइतीघर मण्डलामा बृहत प्रदर्शन र चक्काजाम गर्ने बताइएको छ। आजको दिनसम्म पनि विद्यार्थीका मागहरु सुनुवाई नभएमा भोलिदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने जनाएका छन्। 

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । 

Logo