काठमाडौँ

नेपाल आयल निगमले इन्धन भण्डारका लागि चलनचल्ती भन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्व समेत छली गरेको भेटिएको छ । "/>

आयल निगम जग्गा खरिदः २ अर्बको जग्गा खरिदमा ५० करोड राजस्व छली

आयल निगम जग्गा खरिदः २ अर्बको जग्गा खरिदमा ५० करोड राजस्व छली


काठमाडौँ

नेपाल आयल निगमले इन्धन भण्डारका लागि चलनचल्ती भन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्व समेत छली गरेको भेटिएको छ । झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको हो । निगमले डेढ वर्ष अघि २ अर्ब ३३ करोड ४० लाख ७५ हजार ५ सय ८४ विभिन्न ठाउँमा ९४ बिघा १७ कट्ठा जग्गा खरिद गरेको थियो । त्यस मध्ये निगमले १ अर्ब ९८ करोड ३५ लाख ८६ हजार चार सय २७ भुक्तानी गरिसकेको छ ।

जग्गा खरिदमा निगम व्यवस्थापनले एक अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन करिब टुंग्याइसकेको छ । महालेखापरीक्षकको कार्यालयले गरेको अध्ययनमा जग्गा खरिद गर्दा पुँजीगत लाभकर बापत तिर्नु पर्ने राजस्व छली भएको देखिएको हो । महालेखाले प्रारम्भिक प्रतिवेदन तयार गर्दै राजस्व छल्ने अभिप्रायले गरिएको कारोबारमा थप जरिवाना र ब्याज समेत असुल्न सम्बन्धित आन्तरिक राजस्व कार्यालयलाई निर्देशन दिएको छ । प्राप्त समाचार अनुसार झापामा साँढे १४ करोड , सर्लाहीमा साँढे ८ करोड, चितवनमा करिब १५ करोड र भैरहवामा ११ करोड राजस्व छलि भएको छ ।
नयाँ पत्रिकाबाट

Logo