गुगलको प्लेस्टोरवाट हटाईए यि खतरनाक एप्सहरु

गुगलको प्लेस्टोरवाट हटाईए यि खतरनाक एप्सहरु


स्मार्टफोनको प्रयोग पछि बढ्दै आएको एप्सहरको क्रेजको फाइदा उठाएर यसका निर्माताहरुले प्रयोगकर्ताहरुलाई नै थाहा नदिई फाईदा लिने ट्रेण्ड बढिरहेको छ । निशुल्क रुपमा गुगलको प्लेस्टोरमा राखेर उपभोक्ताहरुलाई आकर्षित गरिरहेका धेरै एप्सहरु मध्ये गुगल प्लेटोरले केहीलाई हटाएको छ । हटाएका एप्सहरुले स्मार्टफोनमा मालावेयर आक्रमण गरेर प्रयोगकर्तालाई आफ्नै स्मार्टफोन झंझटिलो बनाउने गरेका थिए । यो आक्रमण यति सम्म बढ्दै गएको थियो कि मालावेयर आक्रमण गुगलको प्लेस्टोरमा समेत भएपछि गुगलले त्यस्ता एप्सहरुलाई आफ्नो प्लेस्टोरवाट हटाएको हो ।

सोफोस् ल्यावले गरेको परिक्षणमा देखिएको यो मालावेयरले प्रयोगकर्ताको स्मार्टफोनमा विज्ञापनहरु लगातार दिईरहने काम गर्छ । यो मालावेयरले पपअपको मार्फत् विज्ञापन दिईरहने गर्छ नै साथै नोटिफिकेसन मार्फत् पनि विज्ञापन दिने कार्य गर्छ । यस्तो कार्य गरिरहेका ६ वटा एप्सहरुलाई गुगलले प्लेस्टोरवाट हालै हटाईदिएको छ । यदि तपाईले पनि यो एप्सहरुलाई आफ्नो मोवाईलमा डाउनलोड गर्नु भएको छ भने हटाउन समेत सुझाव दिएको छ ।

क्यूआर कोड फ्रि स्क्यान
न्यूनतम डाउनलोड: ५०,०००
अधिकतम डाउनलोड: १०,००,०००

क्यूआर कोड स्क्यानर प्रो
न्यूनतम डाउनलोड: १,००,०००
अधिकतम डाउनलोड: ५,००,०००

क्यूआर कोड स्क्यान बेष्ट
न्यूनतम डाउनलोड: १,००,०००
अधिकतम डाउनलोड: ५,००,०००

क्यूआर कोड/बारकोड फ्रि स्क्यान
न्यूनतम डाउनलोड: ५०,०००
अधिकतम डाउनलोड: १,००,०००

क्यूआर एण्ड बारकोड स्क्यानर
न्यूनतम डाउनलोड: १०,०००
अधिकतम डाउनलोड: ५०,०००

स्मार्ट कम्पास
न्यूनतम डाउनलोड: १,०००
अधिकतम डाउनलोड: ५,०००

स्मार्ट क्यूआर स्क्यानर एण्ड जेनरेटर
न्यूनतम डाउनलोड: ५००
अधिकतम डाउनलोड: १,०००

Logo