काठमाडौं

सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनु पर्ने माग राखी दायर गरिएको रिट निवेदन दर्ता गरिएको छ । "/>

राष्ट्रपतिलाई पुनः शपथ गराउनु पर्ने माग राखी सर्वोच्चमा रिट दायर

राष्ट्रपतिलाई पुनः शपथ गराउनु पर्ने माग राखी सर्वोच्चमा रिट दायर


काठमाडौं

सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनु पर्ने माग राखी दायर गरिएको रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनु पर्ने माग सहितको रिट निवेदन माथि न्यायाधीश र्इश्वरप्रसाद खतिवडाको एकल इजलासमा मंगलबार सुनुवाइ पछि दर्ता गर्न आदेश भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश पराजुलीको उमेरहद ०७४ साउन २१ गते ६५ वर्ष उमेर पुगेका व्यक्तिबाट राष्ट्रपतिले शपथ लिएको हुँदा पुनः शपथ हुनु पर्ने माग रिट निवेदनमा गरिएको छ । न्यायाधीश खतिवडाको इजलासले जारी गरेको आदेशमा भनिएको थियो, ‘संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन ।’
रासस

Logo