१५ करोड भन्दा बढी मुल्यमा कुमारीत्व बिक्रि

१५ करोड भन्दा बढी मुल्यमा कुमारीत्व बिक्रि


लण्डनकी एक २६ बर्षिया युवतीले आफ्नो कुमारीत्व करोडौं रुपैंयामा बिक्रि गर्न सफल भएकी छिन् ।

जस्मिन नाम गरेकी ति युवतीले एक वेवसाईट मार्फत् आफ्नो कुमारीत्वलाई राखेको लिलामीमा हलिउडका एक अभिनेताले १५ करोड २० लाख रुपैंया तिर्न मन्जुर भएका थिए ।
उक्त लिलामीमा म्युनिखका एक ब्यापारी, म्यानचेष्टर युनाईटेडका खेलाडी पनि लिलाम बढाबढमा सहभागि रहेका थिए । जस्मिनले आफ्नो कुमारीत्व भंग गर्न सर्वाधिक मुल्य तिर्न मन्जुर भएका तिन ब्यक्तिहरुसंग भेट गरिसकेकी छिन् । तर उनले लसएन्जलसमा बस्ने हलिउडका अभिनेतालाई चयन गरेपछि आगामि अप्रिल महिनामा उनीहरु विच शारीरिक सम्बन्ध कायम हुने छ ।

कुमारीत्व लिलाम गरेर आएको रकमले कुनै ब्यापार गर्ने सोचाईमा रहेको बताउने जस्मिनले यो बिषयमा आफ्ना परिवारसंग पनि कुराकानी गरेको बताईन् । यो कार्यमा परिवारको समर्थन रहेको र आफु २६ बर्षको भएको र आफ्नो शरीरको निर्णय आफैं गर्न सक्ने भएकै कारण परिवारले समर्थन गरेको उनी बताउछिन् ।

Logo