संस्मरण: बा, हजुर र तपाई

(दुर्गा पंगेनी)

मेरा ‘बा’ मेरो नजरमा संसारको सबैभन्दा सिपालु, ठूलो र डरलाग्दो मान्छे । मेरालागि ‘बा’ फगत व्यक्ति मात्र थिएनन एकजना रहस्यमयी जन्मदाता, बहादुर अन्नदाता, एउटा ठूलो परिवारको पालक, संरक्षक र मेरो अनुसासनका पाठशाला पनि थिए ।

बाले आफ्ना बालाई बा नै भनेर बोलाउथे तर हामीलाई भने ‘बुवा’ भन्न सिकाउनुभयो । बाले आफुलाई ‘बा’ बाट‘बुवा’ आफ्नै मर्जीले बनाउनुभएको हो । यो हाम्रा बा को स्वघोषित पदोन्नती थियो ।हाम्रो गाउँमा अन्य कसैले पनि बालाई बुवा भन्थेनन । हामीले भन्न सुरु गरेपछि अन्य साथीले पनि सिके ।एक हिसाबले हाम्रा बालाई हाम्रो टोलको बुवा आन्दोलन’को संस्थापक नै मान्नुपर्छ ।

‘बा’ लाई बुवा भन्न थालेपछि हाम्रो घरमा ‘तिमी’ हजुर, तपाइँ जस्ता आदरार्थी शब्द प्रयोगको सुरुवात भयो ।घर भरिमा हामी नौ सन्तान कुल तेह्र चौध बर्ष फरकमा जन्मेका थियौं । एकहिसावले उमेरको अन्तर एकदमै कम थियो । मैले दाई दिदी हरुलाई तँ नै भनेर बोलाउथें। दाइ दिदीहरुले पनि म लगायत सबै भाई बहिनिहरुलाई तँ नै भन्ने गर्नुहुन्थ्यो । एकदिन अचानक बाले घरमा नयाँ नियमको घोषणा गर्नुभयो । खोइ अनुसासन रु खोइ ठूलालाई सम्मान र सानालाई माया गरेको रु भनेर बाले हकार्नुभयो । आफूभन्दा चार महिना मात्र जेठो दाईलाई कसरी ‘बा’ लाई जस्तै हजुर भन्नु रु आमालाई ‘आमे भोकलाग्यो भात ले’ भन्ने गरेको बानी ।आफुजत्रै दाईलाई हजुर भन्नुपर्ने उर्दीले मलाई अचम्भित मात्र बनाएन भित्रैदेखि हसायो पनि ।

गर्दै गएपछि चलनहरु बानीमा परिणत हुन्छन ।मान्छे हरेक चलनमा बानी पर्न थाल्छ ।हामी पनि बानी पर्यौं । मैले दाईदिदिहरुलाई हजुर भनेर बोलाउन थालें । भाइ बैनीहरुले पनि मलाइ हजुर नै भन्न थाले । हजुर मात्र होइन दाईलाई दाजी भन्न सुरु गरेको पनि त्यहि समयबाट हो । एक किसिमको सम्मानको वतावरण तयार हुदै आयो घरमा ।सानालाई तिमी र ठूलालाई हजुर भन्ने चलनको औपचारिक सुरुवात भएको त्यहि बेलादेखि हो हाम्रो घरमा तर बाले आमाहरुलाई कहिल्यै ‘तिमि’ भनेर सम्बोधन गरेको मैले सुनिन, सायद नितान्त दुईजना मात्र भएको समयमा बाले आमाहरुलाई तिमि भनेर पो बोलाउथे कि । त्यही भएर मैले पनि श्रीमतीलाई अरुले सुन्ने बेलामा, अरुको अगाडि र दुईजना एकान्तमा भएको समयमा मात्र तिमि भनें बाँकी समयमा तँ नै भनेर काम चलाएँ । जब हिर्लिक्कै माया लागेपछि सम्बोधन त जे गरेपनि हुने रहेछ । त्यहि भएर होला बा ले स्वास्नीलाई पनि तिमि भन्नुपर्छ भनेर कहिल्यै सिकाएनन ।

अँ आमाहरुको कुरा गर्दा मेरो घरको ‘आमा माहोल’ को बेस्सरी याद आउछ । मेरा चारवटी आमाको बारेमा त पुर्वाकथाहरुमा पनि लेखिरहेकै छु ।अझै मेरो घरमा दुई आमा जीवित हुनुहुन्छ ।दुई आमाहरु अकालमा स्वर्गे हुनुभयो ।आमाहरुको कार्यविभाजन बा ले नै गर्नुभएको हुनुपर्छ ।सन्तान नजन्माउनुभएकी ठूली आमा जो आमाहरुको दिदि हुनुहुन्थ्यो वहालाई गाई बाख्रा हेर्ने जिम्मा परेको थियो । आमाहरुले दिदि भन्ने र वहाले बस्तुभाउ हेर्ने काम गर्ने भएकोले हामीहरुले ‘गाइ हेर्ने दिदि’ भनेर बोलाउथ्यौं, लामो समय सम्म बा को हेला भएकी पात्र भएर होला वहालाई सबैले ‘तँ’ नै भनेर बोलाउने चलन थियो ।पछि हजुर तपाईको आन्दोलन पश्चात मात्र ‘गाई हेर्ने दिदि’को नामबाट अगाडिको गाई हेर्ने वहाको काम हटाएर ‘ठुल्दिदी’ बनाइयो र आज पर्यान्त हामी ठूली आमालाई ठूल्दिदी नै भन्ने गर्छौं ।

कुरा अन्तै गएछ ।मेरा बा ले अड्डामा काम गर्नुहुन्थ्यो ।हप्तामा एकदिन घर आउनुहुन्थ्यो ।हप्ताभरी अड्डा अदालत आउने सयौं थरि जिल्लावासी रुसंग बाको संगत हुन्थ्यो ।खास गरि ठकुरी खानदानी मान्छेहरुका बोलीचाली र सम्बोधन गर्ने तरिका बालाई निकै मन परेछ ।बा सुनाउनुहुन्थ्यो, बाघखोरे बाउसापहरु दाजुभाई झगडा गर्दा पनि हजुर तपाइँ नै सम्बोधन गरिरहन्छन ।जतिसुकै रिस उठेको किन नहोस उनीहरु अपशब्द बोल्दैनन ।सम्मान पुर्वक ‘दाजु हजुरले यस्तो मर्जी नगरिबक्स्योस’ भनेर झगडा गर्छन त्यसको बिपरित हामीहरु रिस उठ्यो भने ‘तलाई पिर्तिपे, तेरामुखा कालाकुकुर को ..कोच्यादिम रु तलाई दाउबत्ति र हरिया बाँस’ भनेर झगडा गर्छौं यो राम्रो होइन आजैदेखि झगडा गर्दापनि अपशब्दको प्रयोग गर्न बन्द” भनेर बाले अर्को उर्दी जारि गर्नुभएको थियो ।

एकदिन कुरा गर्दागर्दै बालाई मैले ‘तपाइले’ भन्ने शब्द प्रयोग गरें ।हजुर र तपाई भन्ने उस्तै आदरार्थी शब्द हुन् भन्ने सोचेर मैले बा लाई तपाइँ भनेको थिए ।बा ले मलाइ पुलुक्क हेर्नुभो । मलाइ लाग्थ्यो म त्यतिबेला ठूलो भैसकेको थिएँ ।सायद तीन कक्षामा पढ्थे कि रु ठूलो भाको अनुभूत हुन्थ्यो र त बासंग त्यसरी बोलेको थिएँ । तर जति जति कक्षाहरु चढ्दै अथवा जति जति मा साच्चिकै ठूलो हुदै गएँ बा संगको डर पनि त्यत्तिकै बढ्दै गएको थियो । त्यतिबेला म ठूलो भएकै रहेनछु । मान्छे जति सानो हुन्छ बाप्रतिको डर पनि सानै हुन्छ जति जति ठूलो हुदै जान्छ डरको आकार पनि बढ्दै जानेरहेछ ।

तपाई भनेर बोलाईसकेपछि बाले मलाइ पुलुक्क हेर्नुभो । बा अलिकति रिसाए जस्तो लाग्यो ।“तँ’ भनिसकेपछि “तँ” को पछाडी “पाई” जोडेर किन तपाइँ भन्न पर्यो रु बरु कि तिमि भन कि सोझै तँ भन, बुडा त जंगीए गाँठे ।म अचम्म परें ।हजुर पनि ठूला लाई प्रयोग गर्ने आदर हो ।तपाइँ पनि ठूलै लाइ प्रयोग गरिन्छ मैले के बिराएं रु रिसाए रिसाउँ बुढा उनैले सिकाएका त हुन् नि ।आफैले सिकाउने अनि आफैले मलाइ नभन भन्ने १ मलाई बासंग झनक्क रिस उठ्यो ।बोल्न सक्ने हिम्मत थिएन ।निहुरमुन्टी भएर त्यहीं त्यहि बसिरहनु भन्दा त्यहाबाट निस्कन मन लाग्यो म घरतिर फर्कें ।

बाटोमा बा ‘तपाईं’ शब्द संग किन बिच्कनुभो आखिर भनेर मनमा तर्कनाहरु खेलिरहे ।आखिर बालाई अरुले पनि त तपाईं भन्छन अरुसंग त बुडा रिसाउदैनन म संग किन झन्केकारु मैले बालाई तपाइँ भन्नेहरुको अनुहार सम्झन थालें ।गाजने सुर्जे, जिम्माल रुद्र बा लगायत धेरैले मेरा बा लाई तपाइँ भन्थे बा पनि उनीहरुलाई तपाइँ नै भन्नुहुन्थ्यो ।उनीहरु आपसमा रिसाएको देखिन फेरि मसंग किन यस्तोरु एक किसिमको त्रासले मलाई पिरोलिरह्यो ।साँझ पर्यो बुढा अझै आएनन मेरो कौतुहलता बढ्दै गईरहेको थियो ।

बा भन्दा अगाडि त्यहि बाटो जिम्माल्बा आइपुग्नुभो ।म चौतारोमा मुख फुलाएर बसेको थिएँ ।“के भो ए दुर्गे किन फुल्याछस पुसअ .. फुलेझैं” । जिम्मालाबाले ठट्टाको लवजमा मलाई जिस्क्याए ।मैले मुख फोरेर भनें ‘बा रिसाउनुभयो ।’यत्तिकैमा अहम् अहम खोक्दै बा आइपुग्नुभो ।मेरो सातो गयो, जिम्मालबा संग आफ्ना बा का कुरा काटेजस्तो हुनेभो। बा ले गलत बुझे भनेरु मलाइ पिसाप लागे लागे जस्तो भयो। पेट कटक्क बटारे जस्तो भयो। त्यही थुचुक्क बसु बसु लाग्यो तर बस्न सकिन ।मेरा खुट्टा लुगुलुगु कामेछन । बाले नजिकै आएर सोध्नुभो। के भो रु किन हल्याछस ढ्वाकाटे कान्छा बा झैं।

ढ्वाकाटे कान्छा बाको कहानी लामो छ । त्यो यो कथामा अटाउदिन खासमा ‘ढुंगाकाटे बा’ अपभ्रमितभएर ढ्वाकाटे भएका हुन्।ढुंगाको पहरो काटेर कुलो बनाएको ठाउमा उनको पुर्ख्यौली घर भएको कारण उनीहरुको खानदान नै ‘ढुंगाकाटे’ भएको थियो उनीहरुलाई पछि ढ्वाकाटे भन्न थालियो ।हाम्रा कुलका झाँक्री थिए ढ्वाकाटे बा। पुजामा हल्लन्थे उनी । कोहि काम्यो भने‘ढ्वाकाटे बा कामेझें काम्यो’ भन्ने चलन थियो। कोहि बिमारी हुदा जोरो पनि उसरी नै नापिन्थ्यो । कम्ता आएको हो त ज्वरो ठ्याक्कै ढ्वाकाटे बा कामे झैं कमायो ज्वरोले ।

मैले काम्दै बालाई भनें । जिम्माल बाले तपाइँ भन्दा रिसाउनुहुन्न मैले भन्दा मसंग किन रिसाउनुभयोरु न्वारान देखिको जोडबल लगाएर मैले एकैसासमा बालाई यो कुरा भनें । अनि आँशु चुहाउँला झैँ गरेर पिलिपिली गरें। मेरा ओठमाथि र नाका मुनिको भाग फिरिरी हल्लियो म कामें । तल्लो ओठ अलिअलि पसारिएला र चोसो निस्केला झैं भयो । परेलीबाट आशु तप्केला झैँ नभएको हैन पिसाव पहिले कि आशु पहिले झर्ने भन्ने दोधारमा दुवै चुहिएनन्। मेरो डर थामिएको कारण आँशु र पिसाव नबगेको मा म ढुक्क भएँ।

बा नजिकै आउनुभयो । मेरो कपाल मुसार्नुभायो ।बाका हात मेरो निधारको धुलो पुछ्दै मेरो नाकनेर पुगे। नाकको टुप्पो दुइटा औलाले समाएर दाहिना बायाँ गराउदै बा ले भन्नुभो –जिम्माल बा को उमेर हेर, मेरो उमेर हेर अनि तेरो उमेर हेर । कत्रो मान्छे ले कत्रो मान्छेलाई हजुर भन्ने अनि कत्राले कत्रालाई तपाइँ भन्ने आफै बुझ्छस ।

ओहो जिम्माल बाको उमेर त हाम्रा बा को जत्ति हुनुपर्छ पक्कै । दुवै उस्तै लुगा लगाउछन । उस्तै तरिकाले हिड्छन । दुबैको संगत उस्तै छ । बोल्ने तरिका उस्तै छ । त्यत्ति मात्र होइन अहिले हाम्रो घरमा पनि तिना जना आमा हुनुहुन्छ र जिम्माल्नी आमै हरु पनि तिन जना नै हुनुहुन्छ । उमेर बराबरी भएका र उत्तिजना श्रीमती भएका हरुले आपसमा तपाईं भन्न मिल्दोरैछ । मैले हजुर र तपाइँ बिचको भेद आमाहरुको संख्यामा भर पर्ने हुदोरैछ भन्ने बुझें त्यो समयमा ।