हेटौंडा
दुई वर्ष अघि हेटौंडा अस्पतालबाट ईसीजी सेवा प्रदान गर्ने मेशिन एकाएक गायब भयो । प्रहरी/प्रशासनले अनुसन्धान अघि बढाएपछि उक्त मेशिन केही दिनपछि फोहोर फ्याँक्ने थुप्रोमा बेवारिस अवस्थामा फेला परेको थियो । "/>

अस्पतालका उपकरण बिगार्न कर्मचारी नै सक्रिय

अस्पतालका उपकरण बिगार्न कर्मचारी नै सक्रिय


हेटौंडा
दुई वर्ष अघि हेटौंडा अस्पतालबाट ईसीजी सेवा प्रदान गर्ने मेशिन एकाएक गायब भयो । प्रहरी/प्रशासनले अनुसन्धान अघि बढाएपछि उक्त मेशिन केही दिनपछि फोहोर फ्याँक्ने थुप्रोमा बेवारिस अवस्थामा फेला परेको थियो । सरकारले सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन हेटौंडाको सरकारी अस्पतालमा स्वास्थ्य सेवाका विभिन्न उपकरण उपलब्ध गराएको छ । तर अस्पतालका कर्मचारी भने ती उपकरण बिगार्दै आफू संलग्न निजी अस्पताल वा क्लिनिकबाट बिरामीलाई सेवा लिन बाध्य बनाइरहेका छन् ।

ईसीजी मेशिन हाल बिग्रिएर थन्किएको छ । अस्पतालका २ वटा एक्सरे मेशिन १५ दिन देखि बिग्रिएर थन्किएका हुन् । मेशिन बिग्रिएपछि अस्पताल विकास समितिको आग्रहमा स्वास्थ्य सेवा विभागका अर्थोपेडिक डा. रामचन्द्र सुबेदी सहित ३ सदस्यीय टोलीले मेशिन जाँच ग¥यो । टोलीले ‘एक्सरे मेशिनलाई केही ठोस बस्तुले हिर्काएर बिगारिएको’ भन्ने रिपोर्ट अस्पताल विकास समितिलाई बुझाएपछि प्रशासनले एक्सरे मेशिन कर्मचारीकै लापरबाहीले बिगारिएको आशंकामा छानबिन गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले एक्सरे मेशिनमा केही धारिलो बस्तुले प्रहार गरेर बिगारिएको पाइएको बताए । उनले यस विषयमा छानबिन भइरहेको बताए । मेशिन सञ्चालन नहुँदा यहाँ काम गर्ने ५ जना कर्मचारी १५ दिन देखि हाजिर गरेर घर फर्कने गरेका छन् । रेडियोग्राफर अरुणकुमार मण्डलले हाल दाँतको मात्र एक्सरे हुने गरेको बताए । अस्पतालको एक्सरे मेशिन सञ्चालन नहुँदा दैनिकजसो सेवा लिन आउने सयौं बिरामी निजी अस्पताल धाउन बाध्य भएको सेवाग्राही हेमलाल उप्रेती बताउँछन् । अस्पतालमा कार्यरत कर्मचारीले बाहिर निजी क्लिनिक सञ्चालन गर्ने र अस्पतालमा भएका उपकरण बिगार्ने प्रवृत्तिका कारण हेटौंडा अस्पतालमा उपकरण बिग्रने समस्या बढेको छ । यस्ता क्रियाकलाप निरुत्साहित गर्दै सरकारी अस्पतालको सेवा बृद्धितर्फ ध्यान जान जरुरी रहेको अर्का सेवाग्राही प्रदीप अर्यालले बताए ।
नेपाल समाचारपत्रबाट

Logo