सर्लाही
दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्थानीय प्रहरी प्रशासनले चिनी उद्योगपतिसँग मिलेमतो गरेको आरोप लगाएका छन् । "/>

प्रहरी प्रशासन उद्योगीसँग मिलेको मुख्यमन्त्रीको आरोप

प्रहरी प्रशासन उद्योगीसँग मिलेको मुख्यमन्त्रीको आरोप


सर्लाही
दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्थानीय प्रहरी प्रशासनले चिनी उद्योगपतिसँग मिलेमतो गरेको आरोप लगाएका छन् ।

उखुको भुक्तानी तुरुन्त पाउनु पर्ने माग राखेर ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा आमरण अनसन सहित जारी आन्दोलन प्रति समर्थन मन्तव्य राख्ने क्रममा मुख्य मन्त्री राउतले उक्त आरोप लगाएका हुन् । प्रदेश उद्योग मन्त्री रामनरेश राय एवं कृषि मन्त्री शैलेन्द्र साह सहित आएका मुख्य मन्त्री राउतले भने, ‘दलाल मार्फत भारतीय उखु ल्याउने अनि मुलुक भित्रैका किसानलाई भने भुक्तानी रोकेर उद्योगपतिले ठूलो अन्याय गरेका छन् ।’

भारतीय सीमाबाट ट्रकका ट्रक उखु भित्रिए पनि स्थानीय प्रहरी प्रशासनले आँखा चिम्लिएको मुख्य मन्त्री राउतले आरोप लगाए । ‘भारतबाट सानो पोको छिराउँदा पनि रोक्ने प्रहरी प्रशासन ट्रकका ट्रक उखु छिर्दा के हेरेर बसेको छ ?’, प्रमुख जिल्ला अधिकारी एवं नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख समेत उपस्थित कार्यक्रममा मुख्य मन्त्री राउतले प्रश्न गरे । दलाल मार्फत नगद तिरेर पर्याप्त भारतीय उखु भित्र्याउन पाएकाले उद्योगपतिले मुलुक भित्रका किसानलाई लामो समय देखि भुक्तानी रोकेको मुख्य मन्त्री राउतको आशय थियो ।
नागरिकबाट

Logo