काठमाडौँ
रमन मोटर्सले आगामी वर्ष देखि नेपालमै रनर ब्रान्डका मोटरसाइकल उत्पादन गर्ने भएको छ । कम्पनीले सन् २०१९ भित्रमा रनर मोटरसाइकलको एसेम्बलिङ सुरु गर्ने जनाएको छ । "/>

नेपालमै उत्पादन हुँदै रनर ब्राण्डका मोटरसाइकल

नेपालमै उत्पादन हुँदै रनर ब्राण्डका मोटरसाइकल


काठमाडौँ
रमन मोटर्सले आगामी वर्ष देखि नेपालमै रनर ब्रान्डका मोटरसाइकल उत्पादन गर्ने भएको छ । कम्पनीले सन् २०१९ भित्रमा रनर मोटरसाइकलको एसेम्बलिङ सुरु गर्ने जनाएको छ । सुरुमा एसेम्बलिङ प्लान्ट राख्ने र त्यसको केही वर्षमा उत्पादन प्लान्ट नै यहीँ राख्ने योजना छ ।

एसेम्बलिङ प्लान्ट राख्नका लागि सम्भाव्यता अध्ययन सुरु भइसकेको कम्पनीले जनाएको छ । नेपालमै मोटरसाइकल उत्पादन गर्ने उद्देश्यका साथ जग्गा खोज्ने लगायत अन्य सम्भाव्यता अध्ययनको काम सुरु गरिएको रमन मोटर प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन महतोले जानकारी दिए । “हामीले ८ महिना पहिले बंगालादेशी मोटरसाइकल रनर नेपाल भित्र्याएका हौं,” उनले भने, “२ वर्ष भित्रमा यो ब्रान्डलाई स्थापित गर्ने र त्यसपछि सामान्य एसेम्बलिङ सुरु गर्ने हाम्रो लक्ष्य हो ।”

२०१८ को अन्त्य वा २०१९ को सुरु देखि सामान्य एसेम्बलिङको काम सुरु गरिने जानकारी महतोले दिए । रमन मोटर बंगलादेशी मोटरसाइकल उत्पादक कम्पनी रनरको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हो ।
कारोबारबाट

Logo