काठमाडौँ
मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौ देखि बाटामै अलपत्र परेका छन् । "/>

अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली

अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली


काठमाडौँ
मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौ देखि बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका सयौँ नेपालीको ब्राजिल र कोलम्बिया सहितका देशमा बिचल्ली भएको हो । अमेरिका पुर्‍याउने आश्वासन सहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि बिजोग भएको हो । निकरागुवा, कोलम्बिया, बुल्गेरिया, कोस्टारिका, पेरु र मेक्सिको सहितका ल्याटिन अमेरिकी देश सम्म पुगेका नेपाली ठाउँ ठाउँमा अलपत्र परेका हुन् ।

मानव तस्करले अलपत्र पारेका ४० नेपाली निकरागुवामा र ३५० जना कोलम्बियामा २७ महिना देखि अलपत्र रहेका पीडितहरुले बताएका छन् । अन्य देशमा समेत धेरै नेपालीको विचल्ली भएको छ । अलपत्र नेपालीले नेपाल सरकार र नेपाली सञ्चार माध्यमलाई आफुहरुको उद्धारको लागि पहल गरिदिन गुहार गरेका छन् । अधिं‌कांश नेपाली अबैधरुपमा पसेकाले ती देशमा बन्दी जीवन बिताइरहेका छन् । अन्य नेपाली भने अमेरिका छिर्न नसक्दा र फर्कन पनि नसक्दा लामो समय देखि लुकेर बसिरहेका छन् । कतिखेर एजेण्डा आउँछ र लगेर जान्छ भन्दै होटलमा थुनिएर बसिरहेका नेपालीको झन बिजोग भएको छ ।

अमेरिका पुग्ने आशमा हिँडेका दीपेन्द्र घर्तीले आफू बोलिभिया हुँदै ब्राजिलबाट कोष्टारिका पुगेर अलपत्र परेको बताए । उनले कोष्टारिका सम्म पुग्न एजेण्टहरु राजेन्द्र अधिकारी र नारायण रेग्मीलाई तीन हजार अमेरिकी डलर तिरिसकेको बताए । ‘भएका पैसा सकिएपछि धेरै नेपालीको विचल्ली भएको छ, उनले भने, म ३ हजार अमेरिकी डलर तिरेर कोष्टारिका आइपुगेको छु । यहाँबाट न अघि बढ्ने अवस्था छ न त पछाडि फर्कन नै सक्छु ।
अन्नपूर्णबाट

Logo