काठमाडौं ।

सिंहदरबारबाट मोटरसाईल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । "/>

यी हुन सिंहदरबारबाट मोटरसाईकल चोरी गर्ने २ जना

यी हुन सिंहदरबारबाट मोटरसाईकल चोरी गर्ने २ जना


काठमाडौं ।

सिंहदरबारबाट मोटरसाईल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पनेमा सोही मन्त्रालयका कार्यालय सहयोगी ललितपुर पुल्चोक घर भइ चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार रहेका छन् ।

मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । सोही क्रममा उक्त मोटरसाइकल दिनेशलाई दिएको खुलेको थियो ।

देशकै प्रमुख प्रशासनीक निकाय सिंहदरबारबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको बा १ ब ९९१३ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

थप अनुसन्धान भइरहेको छ ।

Logo