नयाँ दिल्ली
वाम गठबन्धनबाट शक्तिशाली प्रधानमन्त्रीका बनेका प्रधानमन्त्री केपी ओलीलाई स्वागत गर्न हतारोमा रहेको दिल्लीले आगामी अप्रिल पहिलो साताका लागि यो अवसर जुराएको छ । "/>

तोडिएन भारत भ्रमणको परम्परा : ओलीलाई स्वागत गर्न दिल्लीको हतारो

तोडिएन भारत भ्रमणको परम्परा : ओलीलाई स्वागत गर्न दिल्लीको हतारो


नयाँ दिल्ली
वाम गठबन्धनबाट शक्तिशाली प्रधानमन्त्रीका बनेका प्रधानमन्त्री केपी ओलीलाई स्वागत गर्न हतारोमा रहेको दिल्लीले आगामी अप्रिल पहिलो साताका लागि यो अवसर जुराएको छ ।

सबै कुरा सामान्य रहेमा नेपालका प्रधानमन्त्री ओलीलाई भारतले अप्रिल पहिलो साता दिल्लीमा स्वागत गर्ने तय भएको छ । यद्यपि भ्रमणको औपचारिक मितिको घोषणा दुवै मुलुकका विदेश मन्त्रालयले केही समय भित्र गर्नेछन् । ओलीलाई पहिले भारत ल्याउने कसरतमा लागि परेका नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरी बुधबार दिल्ली आएपछि यो भ्रमण तय भएको हो । यो सँगै नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुने परम्परालाई ओलीले पनि निरन्तरता दिने भएका छन् ।

ओली भारत आउनु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण गराउने नेपाली कुटनीतिक प्रयास सफल हुन सकेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २०१४ मा दुई पटक तथा तात्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको २०१६ नोभेम्बरमा भएको नेपाल भ्रमणपछि भारतको तर्फबाट उच्च राजनीतिक भ्रमण भएको छैन ।
अन्नपूर्णबाट

Logo