काठमाडौं
‘गाजलु ति ठुला ठुला आँखा,
तिर बनि बस्यो यो दिलैमा ’
गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउँछिन् । "/>

किन एक्कासी नेपाल आइपुगिन् पाकिस्तानी गायीका सारा राजा ?

किन एक्कासी नेपाल आइपुगिन् पाकिस्तानी गायीका सारा राजा ?


काठमाडौं
‘गाजलु ति ठुला ठुला आँखा,
तिर बनि बस्यो यो दिलैमा ’
गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउँछिन् । तर उनि नेपाली भने होइनन् । पाकिस्तानी गायीका सारा राजा खान थुपै भारतिय र पाकिस्तानी गीत गाएर सुपरहिट भएकी छिन् । नेपाली गीत तथा गजल गाउन निक्कै रुची राख्ने उनै पाकिस्तानी गायीका सारा राजा काठमाडौं आएकी छिन् ।

काठमाडौ स्थित पाकिस्तानी दुतावासले मार्च २३ अर्थात पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको सांगितीक कार्यक्रममा सहभागी हुन उनी काठमाडौ आएकी हुन् । शुक्रबार साँझ उनले बौद्धस्थित होटल हायातमा सांगितिक प्रस्तुती दिनेछिन् । राष्ट्रिय दिवसको साँस्कृतिक कार्यक्रममा यसपटकको प्रमुख आर्कषण सारा राजा नै हुनेछिन । पाकिस्तान, भारत, नेपाल लगायत थुप्रै मुलुकमा उनका फ्यान छन् । नेपाली गीत तथा गजल गाउन निक्कै रुची राख्ने उनी विभिन्न स्टेज शो हरुमा नेपाली गीत समेत गाउने गर्छिन ।

पाकिस्तानी गायीका सारा राजाले प्रस्तुति दिने सो कार्यक्रमको नेपाली दर्शक श्रोताहरुलाई निक्कै चासो छ । धेरै पहिला नेपालमा गुलामअलिको उपस्थितीले यस्तो रुप धारण गथ्र्यो । अर्थात गुलामअलि नेपालका निम्ती जानेमाने नाम थिए । पछिल्लो पटक सारा राजालाई निम्त्याएर पाकिस्तानी दुताबास गुलामअलीका पुरानो साँस्कृतिक सामिप्यता पुःन कायम गर्न चाहेको बुझिन्छ । पाकिस्तानी प्रधानमन्त्री साहिद खाक्कान अब्बासीको नेपाल भ्रमणले नेपाल र पाकिस्तान बिचको राजनीतिक निकटता देखाएकै छ । साँस्कृतिक रुपले साँगीतिक कार्यक्रमको यस आयोजनाले झनै बढी महत्व राख्ने उनै गायीका बताउँछिन् । सारा राजा भन्छिन् ‘नेपाल र पाकिस्तान बिचको संम्बन्धलाई अझ राम्रो बनाउने संदेश दिने कोसिस हुनेछ ।’

Logo