सिरहा
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लामो राजनीतिक संघर्ष पछि मात्रै देशको शासन पद्धति फेरिएको बताए । उनले सिरहाको बरियारपट्टीमा मंगलवार हुलाकी लोकमार्गको शिलान्यास कार्यक्रममा कुनै पनि भ्रष्टाचारीले छुटकारा नपाउने बताएका छन् । "/>

सिरहा पुगेर प्रचण्डले यस्तो भने… !

सिरहा पुगेर प्रचण्डले यस्तो भने… !


सिरहा
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लामो राजनीतिक संघर्ष पछि मात्रै देशको शासन पद्धति फेरिएको बताए । उनले सिरहाको बरियारपट्टीमा मंगलवार हुलाकी लोकमार्गको शिलान्यास कार्यक्रममा कुनै पनि भ्रष्टाचारीले छुटकारा नपाउने बताएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘कुनै भ्रष्टलाई छुट दिइने छैन । हामीले देशको विकासमा क्रान्ति ल्याउन चाहेका छौं,’ उनले भने, कर्मचारी, सुरक्षा निकायका पदाधिकारी होस् वा अन्य कुनै सबैलाई समान दृष्टिले हेरिनेछ । विकासमा बाधा पु¥याउने र भ्रष्टाचार गर्नेलाई दण्ड गरिन्छ ।’

जनताको हितमा काम गर्नेलाई पुरस्कार र अहित गर्नेलाई दण्डित गरिने पनि उनले बताए । केपी ओली नेतृत्वको सरकारले जनहितमा काम गर्न कै लागि दुई तिहाई भन्दा बढी मत प्राप्त गरेको पनि उनको जिकिर जिकिर । प्रचण्डले बिनियोजित बजेट तथा योजनाहरु एकले अरु सँगको छिनाझम्टीमा लागेर अलपत्र छाड्ने पारिपाटीको अन्त्य भएको पनि ठोकरवा गरे । उनले भने , अब कसैको छिनाझम्टी चल्दैन् । ठेक्कापट्टामा कमिशन खाने र खुवाउने फेला परेमा कारबाही गरिनेछन । जनताले अब कष्ट भोग्नु पर्दैन ।’

उनले बरियारपट्टी दक्षिण पाँच सय मिटर भारतीय बजारसँग व्यापारीक सम्बन्धलाई राम्रो बनाउन र व्यवस्थापनको लागि भन्सारको स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरे । प्रचण्डले ६ लेनको हुलाकी लोकमार्ग निर्माण भइ छाड्ने बताए । प्रचण्डले पशुपतिनाथको मन्दिर, बुद्धको जन्म थलो लुम्बनी र जनकपुरको जानकी मन्दिरलाई सँगै विकास र व्यवस्थापन गरी त्रिकोणात्मक धार्मिक पर्यटक स्थलको रुपमा चिनाउनु पर्ने बताए ।
नयाँ पत्रिकाबाट

Logo