काठमाडौँ
पेट्रोलियम पदार्थ खपत वार्षिक २० प्रतिशतका दरले बढ्दै गएको छ । बढ्दो सवारीसाधनको प्रयोगले इन्धनको खपत बढ्दै गएको हो । "/>

इन्धन खपत वार्षिक २० प्रतिशतले बढ्यो

इन्धन खपत वार्षिक २० प्रतिशतले बढ्यो


काठमाडौँ
पेट्रोलियम पदार्थ खपत वार्षिक २० प्रतिशतका दरले बढ्दै गएको छ । बढ्दो सवारीसाधनको प्रयोगले इन्धनको खपत बढ्दै गएको हो । वार्षिक रूपमा खपत दर १५ देखि २० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन खपत बर्सेनि बढ्दै गएको बताए । “सवारीसाधनको प्रयोग बढ्दै गएको र पछिल्लो समय स्थानीयस्तरमा भएको विकास निर्माणकोे गतिले गर्दा इन्धन खपतदर बढ्दै गएको छ,” नायव कार्यकारी निर्देशक साहले भने, “मुलुकमा इन्धनको खपत बढेसँगै आयातदर बढ्दै गएको छ ।” इन्धनको खपत बढ्दै गएपछि आयात पनि सोही अनुसार बढ्दै गएको निगमको भनार्इ छ ।

मुलुकमा पर्याप्त विद्युत् उत्पादन गर्न सके मात्र इन्धन आयात घटाउन सकिने ऊर्जाविद्हरू बताउँछन् । गत वर्ष देखि उपत्यकामा लोडसेडिङ हटे पनि इन्धन आयातमा ठूलो प्रभाव नपरेको निगमको तथ्यांकले देखाएको छ । लोडसेडिङले खाना पकाउने एलपी ग्याँस र डिजेलको खपत घट्नु पर्ने भए पनि दुवै पदार्थको आयात बढ्दै गएको निगमको भनार्इ छ । निगमका अनुसार आर्थिक वर्ष ०६९/०७० मा १२ लाख ९८ हजार ५ सय ६६ किलोलिटर इन्धन आयात भएकोमा ०७०/७१ मा १४ लाख ४० हजार ९ सय ३५ किलोलिटर इन्धन आयात भएको थियो । यस्तै २०७१/७२ मा १६ लाख २५ हजार १ सय ६७ किलोलिटर इन्धन आयात भएकोमा २०७२÷७३ मा नाकाबन्दीका कारण १३ लाख ३१ हजार १ सय ५६ किलोलिटर मात्र इन्धन आयात भएको थियो । २०७३/७४ मा २२ लाख १८ हजार ७ सय ४२ किलोलिटर इन्धन आयात भएको तथ्यांक छ ।

निगमका अनुसार जुलाईमा १ लाख ९६ हजार ३ सय ५४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अगस्टमा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बरमा १ लाख ६८ हजार, अक्टोबरमा १ लाख ९३ हजार ७ सय ८९ किलोलिटर इन्धन आयात भएको छ । नोभेम्बरमा इन्धन आयात बढेर २ लाख ३८ हजार ५ सय ६९ र डिसेम्बरमा २ लाख २७ हजार ५ सय २ किलोलिटर इन्धन आयात भएको छ । जनवरी महिनामा २ लाख ४२ हजार २ सय ३ किलोलिटर इन्धन आयात भएकोमा फेब्रुअरी महिनामा २ लाख २३ हजार ३ सय ३४ किलोलिटर इन्धन आयात भएको निगमले जानकारी दिएको छ ।
कारोबारबाट

Logo