दमक
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको दमक ४ र ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानले ४ करोड रुपैयाँ कर तिर्न अटेर गरेका छन् । "/>

३ करोड ८१ लाख कर तिर्न पूर्वराजाको अटेरी !

३ करोड ८१ लाख कर तिर्न पूर्वराजाको अटेरी !


दमक
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको दमक ४ र ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानले ४ करोड रुपैयाँ कर तिर्न अटेर गरेका छन् । २०६३ साल देखि शाह नागरिक हैसियतमा फर्किए पछि बगानले कर तिरेको छैन । पटक पटक ताकेता गर्दा समेत कर तिर्न अटेर गरेको दमक नगरपालिकाले जनाएको छ । ‘धेरै पटक पत्र पठाइयो, पूर्व राजा आएको बेला दमकमै सर्वदलीय संयन्त्र सहित कर तिर्न आग्रह गर्यौं’, दमक नगरपालिकाका कर शाखाका प्रमुख टिकाराम दाहालले भने, ‘तर अटेर गरेर कर तिर्न मानिरहेका छैनन् ।‘

२०७३ जेठमा दमक आएका बेला दमक नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत युवराज दाहाल सहित राजनीतिक संयन्त्रका प्रतिनिधिले कर तिर्न दबाब दिएका थिए । शाहले तत्काल कर तिर्ने बताए पनि २ बर्ष बित्न लाग्दा समेत तिरेका छैनन् । एकीकृत सम्पत्ति कर अन्तर्गत बगानले ३ करोड ८१ लाख ४१ हजार २८४ रुपैयाँ तिर्न बाँकी छ । आव २०६२, ०६३ देखि दमक नगरपालिकाले स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही लागू गरेको एकीकृत सम्पत्ति कर हिमालय महालक्ष्मीले शुरू देखि नै तिरेको छैन । दाहालले नागरिकको हैसियतमा रहेका पूर्व राजाले कर तिनु पर्ने बताए । ‘लिखित र मौखिक रुपमा ताकेता गर्दा समेत अटेर गरेका छन् ’, उनले भने, ‘हामी केही दिनमा थप कदम चाल्ने छौं ।‘ उनले अहिले सम्म ८६ लाख ३६ हजार ७६१ रुपैयाँ जरिवाना अन्तर्गत उठाउनु पर्ने दाहालले बताए ।
नागरिकबाट

 

Logo