काठमाडौँ
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी पूरा भएको जानकारी दिएको छ । परीक्षाका लागि १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । "/>

एसईई परीक्षाको तयारी पुरा : करिब ५ लाख परीक्षार्थी सहभागी हुँदै

एसईई परीक्षाको तयारी पुरा : करिब ५ लाख परीक्षार्थी सहभागी हुँदै


काठमाडौँ
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी पूरा भएको जानकारी दिएको छ । परीक्षाका लागि १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ९५६ केन्द्राध्यक्ष, २ हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी परिचालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

परीक्षा तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली, १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । यही चैत ८ गते देखि सञ्चालन हुने एसइई परीक्षामा ४ लाख ८५ हजार ५८६ विद्यार्थी सहभागी हुँदैछन् ।

Skip This
Logo