महिलाहरुमा आँखाको परेला श्रृंगार्ने चलन परम्पराकै रुपमा रहेको छ । अधिकांश महिलाहरुले परेलालाई आकर्षक बनाउने प्रयास गरेकै हुन्छन् । "/>

फेसनमा आउन खोज्दै हालो ब्रो

फेसनमा आउन खोज्दै हालो ब्रो


महिलाहरुमा आँखाको परेला श्रृंगार्ने चलन परम्पराकै रुपमा रहेको छ । अधिकांश महिलाहरुले परेलालाई आकर्षक बनाउने प्रयास गरेकै हुन्छन् ।

आँखाको परेलालाई आकर्षक बनाउन बढी जसो थ्रेडिङ, वाक्सिङ र प्लर्किङ गरेर आँखाको परेलालाई आकर्षक बनाउने चलन चल्तिमा रहेको छ । यो वाहेक कतिपयले आईब्रोलाई आईब्रो पेन्सिलको मद्धतले थप आकर्षक बनाउने गरेका पनि छन् ।

हालै एक ब्यूटी ब्लगरले हालो ब्रो टाइपको आईब्रो सजाउने कलालाई निकालेकी छिन् । उनले आफ्नो ब्लगमा आईब्रोलाई बढाएर निधारमा लगेर घुमाउने तरिका निकालेकी छिन् । उनले यो मेकअपलाई आफ्नो इन्ष्टाग्राम एकाउन्ट वाट पनि सेयर गरेकी छिन् । उनको यो स्टाईललाई केहीले मन पराएपनि धेरैले मन पराएका छैनन् ।

Logo