राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राजनीतिक मत बाझिएपछि गत जनवरीदेखि बिदामा रहेका अमेरिकी संघीय अनुसन्धान ब्युरो(एफबिआई)का कार्यकारी निर्देशक एन्ड्र्यु म्याककेबलाई मुख्य न्यायाधिवक्ता जेफ सेसनले बर्खास्त गरेका छन्। "/>

एफबिआईका कार्यकारी निर्देशक म्याककेब बर्खास्त

एफबिआईका कार्यकारी निर्देशक म्याककेब बर्खास्त


राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राजनीतिक मत बाझिएपछि गत जनवरीदेखि बिदामा रहेका अमेरिकी संघीय अनुसन्धान ब्युरो(एफबिआई)का कार्यकारी निर्देशक एन्ड्र्यु म्याककेबलाई मुख्य न्यायाधिवक्ता जेफ सेसनले बर्खास्त गरेका छन्। 

राष्ट्रपति निर्वाचनका बेला म्याककेब ट्रम्पकी प्रतिद्वन्दी हिलारी क्लिन्टनको इमेल प्रकरण तथा रसियाको संलग्नताका विषयमा एफबिआईको अनुसनधानमा क्रियाशिल थिए।ट्रम्प प्रशासनले आन्तरिक अनुसन्धानबाट म्याककेबले सञ्चार माध्यमहरुमा अनधिकृत रुपमा समाचार चुहाएको आरोप स्विकृत भएपछि सो कदम चालिएको बताएको छ।

शुक्रबार अबेरगरी आफ्नो वक्तव्य जारी गरेका सेसनले भने,‘इन्सपेक्टर जेनेरलको रिपोर्ट, उनको व्यवसायीक जिम्मेवारीप्रति एपबिआई कार्यालयको निश्कर्ष तथा विभागका सिनियर करियर अफिसियलको सिफारिसमा म्याककेबलाई बर्खास्त गरेको छु।’

पदमुक्त भएपछि म्याककेबले ट्रम्प प्रशासनको उक्त निर्णय आफ्नो रचनात्मकता तथा विश्वसनियतामाथिको प्रहार भएको टिप्पणी गरेका छन्। ‘यो अमेरिकी गुप्तर समुदायलाई बदनाम गराउन भएको ठूलो प्रयासको हिस्सा थियो।’, उनले भने ।

Logo