बारा
चिनी मिलले सरकारले निर्धारण गरेको मुल्य भन्दा कम मुल्यमा किसानहरुबाट उखु खरिद गर्न चलान नदिएको भन्दै किसानहरु आन्दोलित बनेका छन् । "/>

बाराका उखु किसानहरु आन्दोलनमा

बाराका उखु किसानहरु आन्दोलनमा


बारा
चिनी मिलले सरकारले निर्धारण गरेको मुल्य भन्दा कम मुल्यमा किसानहरुबाट उखु खरिद गर्न चलान नदिएको भन्दै किसानहरु आन्दोलित बनेका छन् । आन्दोलित बनेका किसानहरुले कलैया उपमहानगरपालिका २४ मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिमा चलानको माग गर्दै शुक्रवार चिनी मिल घेराउ गरेका छन् ।

बारा, पर्साका किसानहरुलाई सरकारले तोकेको उखुको मुल्यमा उखु खरिद गर्नको लागि चलान नदिने गरेको तर कम मुल्यमा रौतहट र सीमा नजिकै भारतीय भूभागबाट उखु गरिद गरी ल्याएका उखुलाई क्रसिङ्ग गरी रहेको भन्दै चिनी मिल घेराउ गर्न आएका किसानहरुले आरोप लगाएका छन् । सरकारले चालु आर्थिक बर्षको लागि उखुको मुल्य ५३१ रुपैयाँ प्रति क्विन्टल निर्धारण गरे पनि किसानहरुलाई बाध्य पारेर बारा, श्रीपुरको रिलायन्स चिनी मिलले चलान नदिएर किसानहरुबाट ४३० देखी ४५० रुपैयाँमै उखु खरीद गरी कालो बजारी गरी रहेकोले चिनी मिल घेराउ गर्न पुगेको उखु किसान बिक्रम राउतले बताए ।

बारा, पर्सामा उखुबाली लगाएका किसानहरुलाई सरकारले निर्धारण गरेको मूल्य तिर्नु पर्छ, भनी चिनी मिलले किसानहरुलाई उखु बिक्री गर्नको लागी चलान नै उपलब्ध नगराई रौतहट र भारतीय किसानहरुबाट प्रति क्वीन्टल ८० देखी सय रुपैयाँ प्रति क्विन्ट सस्तोमा उखु खरिद गरि ल्याउँदा हाम्रो उखु खेतमै सुक्ने अवस्था आएको राउतले बताए । चिनी मिलले चलान समयमै उपलब्ध नगराउँदा खेतमा लगानी गरेर चिनी मिलहरुलाई बिक्री गर्नको लागी तयारी गरिएको उखुबाली समयमै चिनी मिललाई बिक्री नसक्दा लगानी नै उठन नसकिने डर समेत रहेको उनले बताए ।
नागरिकबाट

Logo