काठमाडौं
असिनापानीसँगै आएको पहिरोले बेसीशहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका –४ ताघ्रिङमा पर्ने स्याँगे र शीरचौर बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको मस्र्याङदी –४ का वडाअध्यक्ष सुमन गुरुङले बताए । "/>

पहिरोले बेसीशहर–चामे सडक अवरुद्ध : यात्री वीच बाटोमै अलपत्र

पहिरोले बेसीशहर–चामे सडक अवरुद्ध : यात्री वीच बाटोमै अलपत्र


काठमाडौं
असिनापानीसँगै आएको पहिरोले बेसीशहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका –४ ताघ्रिङमा पर्ने स्याँगे र शीरचौर बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको मस्र्याङदी –४ का वडाअध्यक्ष सुमन गुरुङले बताए । हिमाली जिल्ला मनाङ जाने एक मात्र सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको उनले जानकारी दिए । सानोतिनो मेशिनले खुलाउन नसकिने गरी ठूलै पहिरो गएको गुरुङले बताए ।

‘ठूला ठूला ढुंगा खसेकाले बम ब्लास्टिङ गरेर मात्र बाटो खुलाउन सकिन्छ होला,’ उनले भने । बेसीशहर देखि करीब २५ किलोमिटर दूरीको सडकमा पहिरो खसेको छ । बाटो अवरुद्ध भएपछि यात्रुको आवातजावतसँगै खाद्यान्न ढुवानी समेत ठप्प भएको छ । मनाङबाट आएका सवारी साधन र बेसीशहरबाट मनाङ गएका सवारी साधन पहिरो गएको ठाउँमा रोकिएका छन् । पदमार्गमा आएका पर्यटक समेत समस्यामा परेको स्थानीय नरबहादुर गुरुङले बताए ।
नयाँपत्रिकाबाट

Logo