काठमाडौं
राष्ट्रपति कार्यालयमा सञ्चारकर्मी माथि फेरि पनि दुर्व्यवहार भएको छ । राष्ट्रपति कार्यालयमा हिजो सरकारले थपिएका मन्त्रीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रमको रिपोर्टिङ गर्न गएका पत्रकारलाई भित्र छिर्न दिइएन । "/>

राष्ट्रपति कार्यालयमै पत्रकारहरु माथि दुर्व्यवहार

राष्ट्रपति कार्यालयमै पत्रकारहरु माथि दुर्व्यवहार


काठमाडौं
राष्ट्रपति कार्यालयमा सञ्चारकर्मी माथि फेरि पनि दुर्व्यवहार भएको छ । राष्ट्रपति कार्यालयमा हिजो सरकारले थपिएका मन्त्रीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रमको रिपोर्टिङ गर्न गएका पत्रकारलाई भित्र छिर्न दिइएन ।

सरकारी सञ्चार माध्यमका सञ्चारकर्मीलाई प्रहरीले शपथ ग्रहण भइरहेको ठाउँ सम्म जान अनुमति दिएको थियो भने निजी सञ्चार माध्यमका सञ्चारकर्मीलाई जान दिइएन । प्रहरीको धरपकडका बीच केहि निजीक्षेत्रका फोटो पत्रकारहरु छिर्न पाएको भए पनि शपथ ग्रहण सम्पन्न भइसकेको थियो । यस अघि पनि राष्ट्रपति कार्यालयमा पत्रकारहरुलाई दुर्व्यवहार गरिएको थियो ।
नयाँपत्रिकाबाट

Skip This
Logo