काठमाडौं
मानिसहरु हिजो आज हेल्लो शब्दसँग निकै नै नजिक छन् । सबैका खल्ती खल्तीमा भएका मोबाइलमा फोनको घण्टी बज्ने वित्तिकै सबैले कुरा गर्न शुरु गर्छन् हेल्लो शब्दबाटै । "/>

किन फोन गर्दा हेल्लो भन्ने शब्दबाटै शुरु गरिन्छ , यस्तो छ कारण…!

किन फोन गर्दा हेल्लो भन्ने शब्दबाटै शुरु गरिन्छ , यस्तो छ कारण…!


काठमाडौं
मानिसहरु हिजो आज हेल्लो शब्दसँग निकै नै नजिक छन् । सबैका खल्ती खल्तीमा भएका मोबाइलमा फोनको घण्टी बज्ने वित्तिकै सबैले कुरा गर्न शुरु गर्छन् हेल्लो शब्दबाटै । साधारण फोनमा पनि यहि शब्दबाटै कुरा शुरु हुन्छ । हेल्लोको सट्टा अरु शब्द प्रयोग गर्न पनि सकिन्छ तर हेल्लो नै एउटै साझा र सर्वप्रिय शब्द भएको छ । तर के तपाईंलाई थाहा छ फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द ‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला ?
वास्तवमा हेल्लो शव्दको आविष्कार मानिसहरु बीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको छ र विश्वका धेरै भाषाले यो शव्दलाई स्वीकारेका पनि छन् । तर यसको वास्तविकता भने यस्तो छ , सन् १९७३ को नोभेम्बर २१ मा विश्वमा पहिलो पटक विश्व हेल्लो दिवस मनाइएको थियो । हेल्लोको प्रयोग अहिले सर्वव्यापी छ, तर यो दिवस चाहिँ मनाउन छोडिएको छ ।

उता फोनमा कसैसँग सम्पर्क गर्दा सुरुमा हेल्लो भन्ने चलनको सुरुवात चाहिँ टेलिफोनका आविष्कारक ग्राहम बेलसँगै जोडिएको छ । उनले केवल फोनको आविष्कार मात्र गरेनन् , फोनमा बोलिने यो भाषाको पनि आविष्कार गरे । वास्तवमा बेलकी प्रेमिकाको नाम मार्गरेट हेल्लो थियो । उनी प्रेमिकालाई निकै माया गर्थे र हेल्लो भनेर बोलाउँथे । त्यसैले जब उनले फोनको आविष्कार गरे उनको मुखबाट उत्साहपूर्वक पहिलो शव्द निस्कियो हेल्लो । उनले फोनमा पहिलोपटक हेल्लो शव्द उच्चारण गरे, जुन शब्द प्रेमिकालाई बोलाइएको थियो तर उनकी प्रेमिकाको नाम अहिले एउटा मानक शब्द नै बनेको छ ।

तर कतिपयको भने तर्क अलग छ । उनीहरुका अनुसार हेल्लो शव्दको उत्पत्ति फ्रेन्च शव्दबाट भएको हो । जसको अर्थ होल्ड गर्नुस् भन्ने हुन्छ । जसले जे जस्तो व्याख्या गरेपनि हेल्लो शब्दले के छ भनेर सोध्न खोज्छ । जुन शब्द पछि अन्य कुरा गर्न पनि सजिलो हुन्छ । टेलिफोनका आविष्कारकको प्रेमिका पनि कति भाग्यमानी रैछिन् जसलाई सबैले जति बेला पनि पुकारिरहेका हुन्छन् ।
एजेन्सी

Skip This
Logo